काठमाण्डौ । विनोद र अनितालाई यतिबेला नचिन्ने कोही पनि छैनन् । श्रीमतीको रेखदेख गर्दैगर्दा अस्पतालकै बेडबाट सबैको मनमा बस्न सफल विनोद एउटा आर्दश श्रीमानको रुपमा चिनिन्छन् । झण्डै डेढ वर्षदेखि श्रीमती अनिताको उपचारकालागी विनोदले अस्पतालको बेड कुरेका छन् । लामो समयको उपचारपछि र सबैको आर्शिबाद अनि सहयोगकै कारण अनिताले पनि आत्मबल दह्रो बनाएर निको हुँदै थिईन् । तर अचानक उनको अप्रेसनको खबरले फेरी एक पटक विनोद र उनकी दिदी निराश छन् ।
सबैसंग अनिताको अप्रेसनकोलागी सहयोगको अपिल गर्दै फेरी एक पटक अस्तालकै प्रांगढबाट सबैसामू हात जोडेका छन् । बुहारी अनिताको सफल अप्रेसनकालागी आवश्यक रकमको सहयोग गनरिदिन उनकी अमाज्यू दिदीले रुँदै सबैलाई आग्रह गरेकी छन् । आफुहरुकोलागी भाई बुहारी नै सबै थोक भएको बताउँदै यो अप्रेसनमा सबैले सहयोग गरिदिन अनिताकी दिदीले सबैलाई बिन्ति गरेकी छन् । अप्रेसन ठूलै हुने डक्टरले भनेको भन्दै त्यो ठूलो अप्रेसनकोलागी आफुहरुलाई चिन्ता लागेको पनि उनले बताईन् ।
श्रीमान विनोदले भने आफुहरुलाई यो समयसम्म सहयोग गरिरहनु भएका सबैलाई धन्यबाद दिंदै श्रीमती अनिताको बारेमा पहिलाभन्दा अहिले निकै नै सुभार भएको र अहिलेको समस्या भनेको घाँटीको अलि बढी भएको बताएका छन् । विनोदले सोही घाँटोको उपचारकालागी सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । भिडियो