मन्त्रीकै गाडीले यसरी मान्छे उडाएर भाग्यो ( भिडियोसहित)
सर्लाही– हालै ओली गुटमा लुसुक्क पसेका शहरी विकासमन्त्री प्रभु साह सवार जिपले ठक्कर दिएर एक युवकलाई घाइते बनाएको छ । लाजमर्दो कुरा त के भने गाडीले ठक्कर दिएको देखेपछि मन्त्री शाह देखादेखी भागे ।
शनिबार मध्यान्ह पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना१झ ३८४२ नम्बरको जिपले ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते बनाएर सडकमा लडायो ।
घाइते युवक छटपटाइरहे । तर मन्त्री शाहले देखे नदेखेजस्तो गरेर हुइकिए । घाइतेको हरिवनस्थित स्वाभीमान अस्पतालमा उपचार भइरहेको छ।
३० वर्षीय घाइते बच्चु तामाङको सम्पूर्ण उपचार खर्च हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले जिम्मा लिएका छन्। घाइतेको कम्मर र ढाडमा चोट लागेको बताइएको छ ।