दोहोरी साँझको ९ बर्षको संघर्षले शिखर उक्लिएकी शान्ति श्री परियार

काठमाडौं । प्रकाश सपुतको गीत ‘बोल मायाँ’ र ‘गलबन्दी’ कि गायिका शान्तिश्री परियार अहिले  गीतको रेकर्डमा ब्यस्त छिन  । लोकदोहरी गीतबाट आफ्नो गायकी जीवन आरम्भ गरेकी गायिका परियारले धेरै तीज गीतहरु पनि आवाज दिइसकेकी छन्, जसमध्ये धेरै तीज गीतहरु हिट भएको उनको दाबी छ । गायिका परियारले वि.सं. २०६८ सालमा एकल एल्बम ‘घर छ तीनतले’ लाई औपचारिक रुपमा सार्वजनिक गरेकी थिइन् । त्यसपछि २०७१ साल तिर ‘माछीलाई फुर्लुङ्ग’, ‘एकतर्फी माया’ लगायतका गीतहरु बजारमा ल्याएकी थिइन् । गायिका परियारले पहिलो पटक धेरै भावुक भएको गीत ‘बोल माया’ नै भएको बताएकी छन् । उनले भनिन्, ‘यो गीत गाउँदा म आफै पनि धेरै पटक भावुक भएकी थिँए । यो गीतका सबै शब्दहरु सेन्टिमेन्टल नै छन् । ‘स्वर्गको बाटो अप्ठ्यारो होला कसरी जाउला नि, एक मूठी पानी ख्वाउन नि पाइन तीर्खा पो लाउला नि’ यी सबै शब्द मार्मिक छन् ।’ ‘त्यस्तै यो गीतको भिडियो पनि धेरै मार्मिक बनेको थियो ।’ उनले थपिन्, ‘ताल र सुर भनेको अर्को कुरा हो भने गीतको भाव भनेको अर्कै कुरा हो । गीतको भाव अनुसार शब्दमा डुबेर गाउने हो, र त्यसलाई मेल खाने भिडियो बनाउने हो ।’ सानै उमेरदेखि गीत गाउन रुचाउने गायिका परियारले भनिन्, ‘गीत गाउन मन पथ्र्यो । गाउँमा मैले गाएकी गीतले प्रसंशा पाउँथ्यो । त्यस्तै स–साना कार्र्यक्रमहरुमा गीत गाउँथे, प्रथम हुन्थे । त्यसरीनै विस्तारै सबैले चिन्न थाले र मेरो कन्फिडेन्ट पनि बढ्दै गयो । त्यसपछिगायिका बन्ने चाहाना बढ्दै गयो ।’ सोही गायिका बन्ने रहर बोकेर उनी २०६४ सालमा रोल्पाबाट काठमाडौं प्रवेश गरेकी बताउँदे भनिन्, ‘त्यतिखेर म १६ वर्षकी थिँए । सानै उमेरदेखि गरेको संघर्षका कारण अहिले म एक स्थापिक गायिका बन्न पुगेकी छु ।’

सुरुमा आफ्नो पारिवारिक स्थिति नाजुक भएको उनले सुनाइन्, ‘हामी धेरै छोराछोरी, बुबा आमाले धेरै दुःख गरेर हुर्काउनुभयो । कमाउनका लागि बुबा भारतमा हुनुहुन्थ्यो । ममी घरमै हुनुहुन्थ्यो । म काठमाडौं आउनका लागि ममीलाई धेरै फकाइरहेकी थिए, तर ममी मानिराख्नु भएको थिएन । तर, ममीलाई जितेर रुवाउँदै, म एक जोर कुर्था सुरवाल लगाएर अर्को एक जोर कुर्ता सुरवाल झोलामा बोकेर गायिका बन्न काठमाडौं आएकी थिए ।’ उनले थपिन्, ‘मैले त्यति बेला गरेको त्यस साहसले गर्दा नै अहिलेको अवस्थामा पुगेको हुँ । सुरुमा म दोहोरी साँझमा गाउनकै लागि काठमाडौं आएकी थिए । ‘गायिका बन्नका लागि दोहोरी साँझमा संघर्ष गर्नुपर्छ रे’, भन्ने थाहा पाएँ, त्यसपछि मैले सुरुमा दोहोरी साँझमै इन्ट्री गरे ।’ उनले थपिन्, ‘दोहोरी साँझमा मैले पूरै नौ वर्ष विताएँ । नौ वर्षको हरेक साँझ मेरो आवाज दोहोरी साँझमा गुञ्जिएकै हुन्थ्यो । त्यसपछि दोहोरी साँझ नै मेरो पाठशाला बन्यो । सोही दोहोरी साँझका कारण म आज यो ठाउँमा छु । त्यसैले दोहोरी साँझप्रति मेरो उच्च सम्मान छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार