प्राधिकरणबाट बिदाईपछि कुलमानले पहिलो पटक मुख खोले(भिडियो)

काठमाडौ । काठमाडौलाई अन्धकारवाट मुक्ति दिलाएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिगं प्राधिकरणवाट विदा भएपकछि पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएका छन् । कुलमान विदा भएपछि काठमाडौमा फेरी अनौपचारीक रुपमा बत्ति जान लागेपछि सर्वसाधारणले फेरी कुलमानलाई सम्झना गरेका हुन् । कुलमान विदा भएपछि काठमाडौमा लोडसेडिगं सुरु भएको भन्दै प्रतिकृया आएपछि विद्युत प्राधिकरणले त्यसको प्रतिकृया पनि दिएको छ ।

विद्युत प्राधिकरणले लोडसेडिगं गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारेको छ । तर काठमाडौमा बेला बेलामा झ्याप्प झ्याप्प बत्ती जाने गरेको छ । यस विषयमा कुलमानले पहिलो पटक आफ्नो प्रतिकृया दिएका छन् । कुलमानले अहिले लोडसेडिगं गर्नुपर्ने अवस्था नभएको बताएका छन् । कुलमानले विद्युतको माग र वितरणको अवस्थालाई हेर्दा पनि अहिले लोडसेडिगं गर्नुपर्ने नभएको बताएका छन् । संरचनागत रुपमा पनि अहिले अवस्था त्यस्तो कमजोर नरहेको पनि बताएका छन् ।

उनले कुनै प्राविधिक कारणले वत्ती गएको हुनसक्ने बताएका छन् । विद्युत प्राधिकरणले त्यसवारे सार्वजनिक रुपमा अभिब्यक्ति दिइसकेकाले वत्ती जाने समस्या पनि समाधान हुने विश्वास उनले लिएका छन् । कुनै बेला १८ घण्टा सम्म लोडसेडिगं हुने काठमाडौमा कुलमान कार्यकारी निर्देशक भएर आएपछि त्यो समस्या समाधान भएको थियो । त्यसैले विद्युत प्राधिकरणमा कुलमानलाई फेरी दोहोर्याउनुपर्ने माग सर्वसाधारणले गरेका थिए । तर त्यो चाहना पुरा भएन । उनलाइै विद्युत प्राधिकरणले विदा गरिदिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार