हाँस्य अभिनेत्री ‘चम्सुरी’ले आफ्नै स्वरमा ल्याईन नयाँ गीत (भिडियो)

काठमाडौं, १९ पुष/मेरी बास्सै टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डँगोल गायिकाको रुपमा आएकी छिन् । हास्य अभिनेत्रीको रुपमा परिचित उनले आफुलाई गायनमा पनि अघि बढाउँदै छिन् ।

पल्पसाले आफ्नो स्वरमा नयाँ गीत काली काली दिलवाली…बजारमा ल्याएकी छिन् । नयाँ वर्ष २०२१ को अबसर पारेर यसलाई रिलिज गरिएको हो ।

दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी छिन् । उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन् ।

यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन् । जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ । भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन् ।

भिडियोलाई पवन डँगोलले खिचेका हुन् ।
यो लगीतमा अशोक राईको सँगीत रहेको छ । गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ । उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले सँयुक्त रुपमा लेखेका हुन् ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार