रचना रिमाल र निशान भट्टराईको ‘पारै मिलेन’ (भिडियो)

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा व्यस्त गायिका रचना रिमाल र नेपाल आइडलबाटै चर्चामा आएका गायक निशान भट्टराईको स्वरमा नयाँ गीत रिलिज भएको छ।

‘पारै मिलेन’ बोलको डान्सिङ प्याटर्नको गीतमा डीपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत छ।

गीतको भिडियोलाई पछिल्लो समयका करोड क्लबका निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन्।

‘पारै मिलेन’ गीतको अडियोसँगै भिडियो पनि आकर्षक बनेको छ।

दामी टीभीले निर्माण गरेको भिडियोमा अभिनेता पल शाह, एलिश राई र दीपा–दमान्ता श्रेष्ठको नृत्य देख्न सकिन्छ। भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन्।

उत्सव दाहालले खिचेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार