ओली लोकतन्त्र, गणतन्त्र र संघीयता समाप्त गर्ने पक्षमा छन् : उपेन्द्र यादव

काठमाडौं, १९ पुस । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित मितिमा चुनाव नगराउने दावी गर्नु भएको छ ।

जनकपुरमा आयोजित जसपा निकटका युवाहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्ती ओलीले बैशाखमा चुनाव नगराउने बरु प्रदेशसभा नै विघटन गरेर संकटकाल घोषणा गर्न सक्ने बताउनु भयो ।

संकटकाल पछि पनि आन्दोलन नरोकिए प्रधानमन्त्तीले सेनालाई जिम्मा लगाएर संविधान नै भंग गरेर अघि बढ्ने खतरा रहेको अध्यक्ष यादवको भनाइ थियो । प्रधानमन्त्ती ओलीले जनताको मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाएर भष्मासुर बनेको समेत यादवको भनाइ छ ।

पार्टीको आन्तरिक विवादलाई मिलाउनुको साटो संविधाननै भंग गरेर गैर जिम्मेवारी पन प्रधानमन्त्ती ओलीले देखाएको भन्दै लोकतन्त्र, गणतन्त्र र संघीयताको समाप्त गर्ने पक्षमा रहेकाे आरोप लगाउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार