१९ पुष,काठमाडौं – गायिका ईन्दिरा जोशीको ‘बेग हानी गाको’ सार्वजनिक भएको छ ।
आईतबार गायिका जोशीले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।
उक्त गितमा जोशीको स्वर रहेको छ भने शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । गीतको भिडियोलाई स्वयम् जोशीले नै निर्माण गरेकी छिन् ।
त्यस्तै भिडियोमा इन्दिरा र कर्माको अभिनय रहेको छ । गितमा अन्तरजातीय प्रेम कथामा आधारित गाउँको परिवेश देखाइएको छ ।