मसानघाटमा छोरी र बैनी भेट्न आय,फेरिदै जीवन (भिडियो)

(भिडियो समाचारको अन्त्यमा छ)हुम्ला र जुम्लामा भारी हिमपात….

जुम्ला/हुम्ला –  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।

आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमीकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।

हिमपातले उडान हुन नसकेपछि सिमीकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।

यस्तै  जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ परेपछि चिसो झनै बढेको छ । रातभरि समान्य पानी परेको जुम्ला सदरमुकाममा सोमबार बिहानदेखि हिउँ परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार