यी हुन् २०२० मा नेपाल आएका सफल मोटरसाइकल र स्कुटर (मूल्यसहित)

काठमाडौं । सन् २०२० विदा भएको छ । कोभिड १९ को कारण विश्वभर स्वास्थ क्षेत्रमा ठूला चुनौती देखिए । विश्वको आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भयो । यद्यपी सन् २०२० मा नेपाल आएका केहि मोटरसाइकलले निकै राम्रो व्यापार गर्न सफल भए ।

गतवर्ष नेपाल आएको मोटरसाइकलमा बजाज पल्सर एनएस २०० को एफआई÷एबीएस मोडल सर्वाधिक चर्चा बटुल्न मोडल भयो । यसअघि काब्र्रुरेटर इन्जिनमा विक्री हुँदै आएको पल्सर एनएस २०० सन् २०२० मा नेपाल आएको सर्वाधिक सफल मोड हो ।

हुलास अटोक्र्फ्टले नेपालमा नै एसेम्बल गरेको यो मोडल सन् २०२० मा आएको सर्वाधिक सफल मोडल हो । कम्पनीले अहिले यसको दुई भेरियन्ट नेपालमा विक्री गर्दै आएको भएपनि एफआई/एबीएस भेरियन्टको विक्री निकै राम्रो रहेको छ । यसको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ ।

सन् २०२० मा टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले नेपाल ल्याएको एनटर्क रेस एडिसनको सफलताले कम्पनीलाई नेपालमा विक्री हुने प्रिमियम मोटरसाइकलमा पहिलो स्थान दिलायो । आकर्षक डिजाइन, उच्च पर्फमेन्स र उत्कृष्ट कलर कम्बीनेशनको कारण एनटर्क १२५ रेस एडिसन नेपालमा सफल भएको हो ।

कम्पनीले यसको डिमान्ड नै पुरा गर्न नसक्ने अवस्था सृजना भएको थियो । अहिले यो स्कुटर २ लाख ५४ हजार ९०० रुपैयाँ मूल्य राखेर विक्री वितरण हुँदै आएको छ ।

यामाहाको आधिकारीक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले सन् २०२० मा नेपाल ल्याएको पहिलो बीएस ६ इन्जिन सहितको १२५ सीसी सेग्मेन्टको रेजेड आर र फसिनो स्कुटरले पनि बजारमा राम्रो प्रभाव छाडेका छन् । यी दुबै स्कुटरमा समान इन्जिन भएको भएपनि फरक डिजाइन र लुक्सको कारण दुबै मोडल उत्कृष्ट सावित भएका हुन् । कम्पनीले फसिनो १२५ एफआईको मूल्य २ लाख ४९ हजार ९०० तोकेर विक्री गर्दै आएको छ । दुई भेरियन्टमा उपलब्ध रे जेडआरको मूल्य २ लाख २९ हजार ९०० र रेजेड आर स्ट्रीट र्यालीको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरि सन् २०२० मा नै नेपाल आएका हस्कभर्ना र जावाका नयाँ मोडलहरु प्रिमियम सेग्मेन्टमा निकै रुचाइएका मोडल हुन् । हस्कभर्ना हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपाल ल्याएको हो भने जावा अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइन्कले नेपाल ल्याएको हो । दुबै कम्पनीले समान इन्जिनमा फरक फरक दुई मोडल बजारमा ल्याएका छन् ।

हिरोले नेपाल ल्याएको सुपर स्प्लेन्डरको अपग्रेड भर्सन, टीभीएसको अपाचे १६० र २०० फोर भीमा दिएको कनेक्ट फिचर गत वर्षको सफल मोडल हुन् ।(मेरो अटो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार