९५ बर्षीया हजुरआमाको यो भिडियोले बनायो दुनियाँ चकित

एजेन्सी । उमेरले ९५ बर्ष पुगेकी एक बृद्ध महिला जिम्नास्ट जोहाना क्वासको भिडियो अहिले विश्वभर भाइरल बनेको छ । भिडियोमा महिला जिम्नास्टको फुर्ति र सक्रियता देखेर थुप्रै मानिसहरु अचम्ममा परेका छन ।

९५ बर्षको उमेरमा पनि यति फुर्तिलो र तन्दुरुस्त कसरी रहन सकिन्छ भन्ने विषयले मानिसहरुमा कौतुहलता जगाएको छ । भिडियोमा देखिएको उनको करतब कुनै जवान जिम्नास्ट भन्दा कम छैन ।

जोहाना क्वासले सन २०१२ मा सबैभन्दा बढी उमेरको महिला जिम्नास्ट विधामा वल्र्ड गिनिज रेकर्ड बनाइसकेकी छिन । अमेरिकी बास्केटबल खेलाडी रेक्स चपमेनले ट्विटरमा भिडियो पोस्ट गर्दै लेखेका छन, ‘जोहाना क्वासका लागि उमेर केवल अंक मात्रै हो ।’ विश्वभरका ट्विटर प्रयोगकर्ताहरुले भिडियो उपर थुप्रै कमेन्ट गरेका छन । धेरैजसोले जोहाना क्वासको फुर्तिलो करतबले निकै प्रेरणा मिलेको बताएका छन ।

यो भिडियो अहिलेसम्म ८ लाखभन्दा बढी पटक हेरिएको छ । त्यस्तै भिडियोलाई २७ हजार भन्दा बढीले लाइक गरेका छन । त्यसैगरी ६ हजार भन्दा बढीले भिडियोलाई रिट्विट गरेको प्रिभेन्सन डट कमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार