मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेष राशिका व्यक्तिहरूका निमित्त यस वर्ष तिनीहरूको आर्थिक स्थिति अघिल्लो वर्षका तुलनामा अझ सुदृढ रहने छ । तपाईंको राशिमा नयाँ वर्षको प्रारम्भमा राशिस्वामी मंगल ग्रहको उपस्थिति छ, त्यसैले धनार्जनका नयाँ नयाँ स्रोत फेला पर्नेछन् र खर्चको मात्रामा कमी हुनेछ । यस नयाँ वर्षमा उधारोमा गएको वा फँसेको धन फिर्ता आउने छ । व्यवसायगत कुरा गर्ने हो भने तपाईंका लागि वर्षको प्रारम्भमा नै नोकरी वा जागिरमा राम्रो अवसर प्राप्त हुनेछ ।
सन् २०२१को मई महिनादेखि अक्टोवर महिनासम्म ठूला ग्रहहरू बक्र गतिमा रहने भएकाले नोकरी वा जागिर र व्यवसाय दुबै क्षेत्रमा असाध्यै सावधानी अपनाउनु वाञ्छनीय हुनेछ । मेष राशिका व्यक्तिहरूलाई जूनपछि सहकर्मी मित्रका कारणले तनाव हुने खतरा छ । त्यसैले धैर्यताका साथमा आफ्ना विषय र कुराहरू प्रस्तुत गर्ने कोसिस गर्नुहोला । यस वर्षको अन्त्यमा तपाईं नोकरी वा जागिर परिवर्तन गर्न सक्नुहुन्छ र जो कोही पेसा वा जागिरमा संलग्न हुनुहुन्न, तिनले पनि इच्छाएको स्थान वा पदमा काम गर्ने राम्रो अवसर प्राप्त गर्नेछन् ।
पारिवारिक जीवनको कुरा गर्ने हो भने वर्षको प्रारम्भिक केही महिनाहरूमा परिवारका सदस्यहरूका बीचमा केही वैमनस्य र मनमुटाव उत्पन्न हुने खतरा छ । मनमा शंका र भ्रमको परिस्थिति सिर्जना हुनेछ । मईदेखि जुलाईसम्मको समयमा घरमा हर्षको वातावरण रहने छ त्यसैले आपसी सम्बन्धमा सुधारको लक्षण देखा पर्नेछ । परिवारको भावनात्मक सम्बन्धमा पनि बृद्धि हुनेछ ।
त्यसरी नै यस वर्ष प्रेम र विवाहको कुरा गर्ने हो भने वर्षको प्रारम्भ प्रेम जीवनका लागि शुभ सङ्केत देखिने समय छ । यदि तपाईं एक्लो हुनुहुन्छ भने मार्चपछि तपाईंलाई कुनै व्यक्ति मन पर्न सक्छ, यदि यस्तो अवस्था छ भने समयमा नै आफ्नो प्रेमलाई अभिव्यक्त गरिहाल्नु राम्रो हुन्छ । स्वास्थ्यका दृष्टिकोणले यस वर्ष तपाईंको स्वास्थ्य उत्तम रहने छ । स्वास्थ्यमा अझ सुधार होस् भन्ने उद्देश्यले तपाईंले नियमित आहार र विहारका बारेमा सचेतता अपनाउनु आवश्यक छ । यस वर्षको अन्तिम चरणमा कुनै सानोतिनो दुर्घटनाको जोखिममा पर्नसक्ने सम्भावना देखिन्छ । त्यसैले सवारीसाधन हाँक्दा असाध्यै सावधानी अपनाउनु राम्रो हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
वृषभ राशिका व्यक्तिहरूमा सन् २०२१ भरि शिरमा राहुको गोचर विद्यमान हुनेछ, त्यसैले यस राशिका मानिसहरू यस वर्ष केही कोराकल्पना र भ्रमको चक्रमा भौंतारिने सम्भावना हुनेछ र परिणामतः निर्णयलाई पटकपटक फेर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ । आर्थिक दृष्टिकोणले सन् २०२१ उतारचढावले युक्त रहने छ । तपाईंको काममा अवरोध उत्पन्न हुनाले आम्दानीको स्रोत बाधा उत्पन्न हुनेछ । यद्यपि अप्रैलपछि अचानक धन लाभको योग बन्नाले तपाईंका समस्त व्यवधान भएका कामधामले निरन्तरता पाउने छन्, तर पनि यस समयमा धनको उपभोग सही ढंगले गर्नु वाञ्छनीय हुनेछ ।
तपाईंका लागि सन् २०२१ को सेप्टेम्बर महिनामा जग्गाजमिन खरिद गर्न असाध्यै राम्रो अवसर हुने सम्भावना छ । घरघडेरीमा लगानी गरेको रकमले तपाईंको आर्थिक हैसियतमा बृद्धि हुनेछ । शेयर बाजारमा लगानी गरेमा तपाईंलाई राम्रो मुनाफा मिल्नेछ । वर्षन्तमा पैतृक सम्पत्ति प्राप्त हुने सम्भावना पनि देखिंदैछ ।
पेसा वा व्यवसायको कुरा गर्ने हो भने यो वर्ष तपाईंले कडा मिहिनेत गर्नुपर्ने हुन्छ अनि मात्र तपाईंले सफलता पाउन सक्नुहुन्छ । मईदेखि अक्टोबरभित्रको समयावधिमा दुईवटा प्रमुख ग्रहहरूको गतिमा बक्रता हुने भएकाले यो समय पेसा वा व्यवसायसम्बन्धी ठूला वा विशेष निर्णय लिनुबाट जोगिएको राम्रो हुन्छ । साथै नोकरी वा जागिरमा संलग्नहरूका लागिसमेत वर्षको सुरु र अन्त्य त ठीकै हुनेछ, तर यस वर्षको बीचका केही महिना त्यत्ति लाभप्रद नरहने सम्भावना हुन्छ । त्यस्तै यस वर्ष नयाँ जागिर खोज्ने वा नयाँ कारोबार सुरु गर्ने मुडमा हुनुहुन्छ भने त्यति सकारात्मक समय देखिंदैन ।
तर पनि यस वर्षको नोभेम्बर र डिसेम्बर महिना केही हदमा परिणाममुखी हुने सम्भावना छ । सन् २०२१ मा तपाईंको पारिवारिक जीवन पनि मिश्रित प्रभावले युक्त रहने छ । सन् २०२१ का प्रारम्भिक केही महिनाहरूमा कुनै ठूलै पारिवारिक उत्सवको वातावरण रहने छ । मईपछि घरमा कुनै नौलो व्यक्तिको आगमन हुनसक्छ, जबकि वर्षको अन्त्य भागमा परिवारको कुनै सदस्यको स्वास्थ्यमा कमजोरी देखिनाले परिवारका सबै सदस्यले चिन्ताग्रस्त बन्नुपर्ने हुन्छ । यसै बीच परिवारमा वादविवाद र मतभेद पनि देखापर्न सक्छ । प्रेम र विवाहको मामिलामा वृष राशिका व्यक्तिहरूका निमित्त यो वर्ष पनि सामान्य नै रहने छ ।
यदि तपाईं एक्लो हुनुहुन्छ भने सालको मध्यभागमा तपाईंलाई कुनै व्यक्ति मन पर्नसक्छ । यस्तो अवस्थामा आफ्ना मनमा भएको भावना तुरुन्त अभिव्यक्ति गर्नुहोला, बढी सोचविचार गर्दा मनका कुरा मनैमा कुण्ठित बन्नसक्छन् । सातौं भावमा केतुको उपस्थिति भएकाले पुराना जोडीका बीचमा वादविवाद, चिन्ता र शंकाको योग बनेको छ, तपाईं भ्रमको शिकार पनि बन्न सक्नुहुन्छ, त्यसैले सचेत हुनु आवश्यक छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिथुन राशिका व्यक्तिहरूका निमित्त सन् २०२१ मा शनि ग्रह अष्टम भावमा विद्यमान रहने छ र राहु ग्रहले द्वादश भावमा भ्रमण गर्नेछ । त्यसैले यस वर्ष तपाईंले खर्चबर्चमा नियन्त्रण गर्नुपर्ने र बजेटलाई सन्तुलित बनाउन कसरत गर्नुपर्ने वर्षका रूपमा नयाँ वर्ष सन् २०२१ को आगमन भएको छ । यस वर्षको मार्चको अन्त्यमा बृहस्पति ग्रह केही समयका लागि भाग्य भावमा पुग्ने भएकाले उक्त अवधिमा आकस्मिक ढंगले लाभमूलक काम बन्ने र आर्थिक स्थितिमा तुलनात्मक रूपमा सुधार आउने सम्भावना देखिन्छ । ठूलो मात्रामा कुनै लगानी वा धननिवेशको योजना बनाउनु भएको छ भने तपाईंले यस वर्षको अन्त्यसम्म धैर्य गरेको र सम्हालिएको नै जाति हुनेछ ।
घरघडेरीको व्यवस्थापन गर्न, नयाँ घर बनाउन वा पुरानो घरलाई मरम्मत सम्भार गर्नका लागि यो वर्ष अनुकूल हुनेछ । त्यस्तै नयाँ सवारीसाधन खरिद गर्ने सपना पनि यस वर्ष पूरा हुनसक्छ । नगरी नहुने ठाउँमा कुनै लगानी गर्ने परिस्थिति बन्यो भने तपाईंले यस वर्ष पिता वा पितातुल्य व्यक्तिसँग आर्थिक सहयोग लिएर गरेको काममा फाइदा हुनेछ ।
पेसा वा व्यवसायका आधारमा विश्लेषण गर्ने हो भने यस वर्ष मिथुन राशिका जातकहरूका लागि यस वर्ष शनिको अढैया दशा प्रभावित रहने छ । यस वर्ष व्यापारिक लेनदेनमा सतर्कता अपनाउनु पर्नेछ । तर विविध कारणले बन्दव्यापारमा मन्दी व्यहोरीरहेका वा कारोबार नै बन्द भएका व्यक्तिहरूको यस वर्षको मध्यभागमा पुनः राहतको महसुस गर्नुहुने वा कारोबार प्रारम्भ हुने लक्षण छ । त्यस्तै कुनै कारणले नोकरी वा जागिरबाट विमुख हुनुपरेका कोई हुनुहुन्छ भने यसै अवधिमा पुनः नोकरीमा बहाल हुन सक्नुहुनेछ । नयाँ जागिर वा नोकरीको खोजीमा हुनेले सुरुको तीन महिनामा गरेको प्रयास सार्थक बन्नसक्छ, तर त्यसपछिको प्रयास असफल हुने डर देखिन्छ । त्यस्तै वैदेशिक प्रयोजनका कामधाम वा शैक्षिक र व्यक्तित्व विकासका लागि विदेश जान चाहनेहरूका लागि यो वर्ष शुभ हुने सङ्केत छ ।
दाम्पत्य जीवन र प्रेमप्रसङ्गमा यो वर्ष चिन्ता, शंका र तनावको परिस्थिति खडा हुने समय छ । वर्षको प्रारम्भिक तीन महिना र अन्तिम एक महिना दुईजनाको बीचमा तेस्रो व्यक्तिको आगमन हुने हुँदा सम्बन्धमा चिसोपन आउन बेर लाउँदैन । स्वास्थ्यका दृष्टिकोणले मिथुन राशिका व्यक्तिहरूका निमित्त यो वर्ष सामान्य नै रहने छ । तर पनि वर्षको मध्यभागमा पेट र पाचनप्रणलीसम्बन्धित केही समस्याहरू उत्पन्न हुनसक्छन् । आगामी डिसेम्बर महिनामा तपाईंले तुजुक देखाउने काम, आगो र हातहतियारको काम तथा सवारीसाधन हाँक्दा सावधानी अपनाउनु उचित हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सप्तम भावमा शनिदेवको उपस्थिति रहने र लग्न, भाग्य तथा गृहसुख भावमा यसको पूर्णदृष्टि रहने भएकाले कर्क राशिका व्यक्तिहरूका निमित्त नयाँ वर्ष सन् २०२१ कडा मिहिनेत, अनुशासन र कर्तव्यपालनाको वर्ष हुनेछ । धनसम्पत्ति र रकमकलमको मामिलामा तपाईंले मानसिक तनाव झेल्नुपर्ने परिस्थिति हुनेछ । त्यसैले रुपैंयापैसाको उपभोग गर्दा सन्तुलित बन्ने प्रयास गर्नुपर्छ । मार्चदेखि उताका चार महिना लटरी वा चिट्ठा पर्ने अथवा अचानक कुनै उचित स्थानमा ठूलै धननिवेश हुने योग सिर्जना हुनेछ । आर्थिक स्थितिलाई नै विचार गर्दा यो वर्ष सालभर सामान्य र उतारचढावले युक्त समय हुनेछ । यद्यपि अगस्टदेखि वर्षान्तसम्म खर्चको मात्रामा अत्यधिक बृद्धि हुनेछ ।
रोजगारी र व्यवसायी जीवनको कुरा गर्ने हो भने यस वर्ष कर्क राशिका व्यक्तिहरूका निमित्त प्रारम्भिक केही समय बन्दव्यापारमा अति राम्रो परिणाम मिल्ने समय हो । कुनै नयाँ कारोबार थाल्न वा बजारलाई मध्यनजर राखी नयाँ ढंगले अघि बढेमा अझ राम्रो हुनेछ । जग्गाजमिन, शेयर कारोबार र कुनै ठोस ठाउँमा धनलगानी गर्न यो वर्ष अनुकूल र उचित हुने समय हो । सन् २०२१ मा जति मिहिनेत र परिश्रम गर्नसक्यो उति उपलब्धी लिन सकिने समय छ । वर्षको प्रारम्भमा जागीर वा नोकरीमा संलग्न व्यक्तिहरूका लागि अलि सचेतता अपनाउने साथै संहालिने समय छ । नवम्बर र डिसेम्बरमा जागीरेले प्रशंसा वा प्रमोशन पाउनसक्ने समय देखिन्छ ।
पारिवारिक जीवनको कुरा गर्ने हो भने कर्कट राशिका व्यक्तिहरूको खातामा नयाँ वर्ष सन् २०२१ ले खुशी, उमंग र हर्षको भारी ने थुपारेको छ भन्दा फरक पर्दैन । पारिवारिक सम्बन्ध सुमधुर र अनुकुल हुनेछ । अप्रैल २०२१ पछि घरमा कुनै धार्मिक अनुष्ठान वा मंगलकार्य सम्पन्न हुनसक्छ । सामाजिक, धार्मिक र परोपकारी काममा राम्ररी नै धन खर्च गर्न सक्नुहुन्छ ।
प्रेमी जोडीहरूका लागि यो वर्ष स्मरणीय र आनन्दप्रद रहने सङ्केत छ । कुनै व्यक्ति मन परेको छ भने आफ्नो भावना अभिव्यक्त गर्न पछि नपर्नुहोला । यो वर्ष बिग्रिएको आपसी सम्बन्धलाई समेत सुधार्ने र प्रेम भावमा बृद्धि गर्ने वर्ष हो । त्यसरी नै वैवाहिक जीवनको बारेमा बताउनु पर्दा यस वर्ष एकआपसमा भ्रम र चिन्ता सवार हुनसक्ने समय छ, त्यसैले एकअर्काका विचार र भावनालाई समेटेर अघि बढ्ने प्रयास गर्नुहोला । स्वास्थ्यका दृष्टिले कर्कट राशिका जातकहरूले यस वर्ष खानपानमा सतर्कता अपनाउनु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सिंह राशि हुनेहरूका लागि सन् २०२१ मा राहुको प्रभाव कर्मक्षेत्रमा रहेकाले यो साल कार्य र कार्यक्षेत्रका सम्बन्धमा केही अन्यौलता र भ्रम उत्पन्न हुनेछ । आर्थिक दृष्टिकोणले यो वर्ष शुभ साबित हुनेछ । तपाईंका अवरुद्ध भएका वा रोकिएका कामहरू अब छिटै नै सम्पन्न हुनेछ । घर निर्माण वा मरम्मतको सपना पूर्ण हुनेछ । जग्गाको कारोबार गर्ने अथवा जसले घरघडेरी वा जग्गाजमिन किन्ने सोच बनाउनु भएको छ, तिनलाई राम्रो मुनाफा हुनेछ । कार्यक्षेत्रको बोझ बढने वर्ष हो, सन् २०२१ । तर जे गरेपनि आर्थिक सुदृढता र रकमकलमको विषय नै यस वर्ष चिन्ताको विषय बन्न जाने सङ्केत छ । मईदेखि अक्टोबरसम्म २ वटा ठूला ग्रहको बक्र गति हुने भएकाले यस समयावधिमा ठूलो लगानी गर्नु वा कसैलाई सापटीरउधारो दिनु सम्पत्ति नाश हुनु हो । यस वर्षको अन्तिम २ महिना तपाईंका निमित्त आर्थिक दृष्टिले शुभ समय हुनेछन् ।
पेसा वा व्यवसायको कुरा गर्ने हो भने कार्यक्षेत्रमा सफलता मिल्ने वर्ष हो सन् २०२१ र नयाँ अवसर प्राप्त हुनाले तपाईंको आत्मविश्वास र उमंगमा अभिबृद्धि हुनेछ । यस वर्ष नयाँ प्रोजेक्टमा वा नौला व्यक्तिहरूका साथमा सहकार्य गर्ने अवसर मिल्नेछ । त्यस्तै नोकरी वा जागिरमा हुनेहरूको वर्षको प्रारम्भमा नै नयाँ तलबमान वा प्रशंसा प्राप्त हुने सङ्केत छ । यस वर्ष तपाईंको हाकिम र सिनियर साथीहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । त्यस्तै यस वर्षको अक्टोबरपछि तपाईंको नोकरी वा जागिरको स्थान वा जिम्मेबारीमा परिवर्तन हुने वा घरपायक सरुवा गर्न सकिने सम्भावना देखिन्छ । नोकरीको प्रयासमा रहेकाहरूले यस वर्षको अन्त्यसम्ममा इच्छाएको नोकरी वा जागिर पाउनु हुनेछ ।
पारिवारिक जीवन र आपसी सम्बन्ध्का बारेमा कुरा गर्ने हो भने सिंह राशिका मानिसहरूको पारिवारिक जीवन यस वर्ष केही कठिनाइ र सङ्घर्षले भरिपूर्ण हुनेछ त्यसैले मानसिक तनावका बीचमा गुज्रनु पर्ने हुन्छ । सन् २०२१ को अन्त्यसम्ममा तपाईंको परिवारमा कुनै मांगलिक कर्म वा उत्सवको आयोजना हुने सङ्केत पनि देखिंदैछ । त्यस्तै नवबधूको प्रवेश हुने वा नयाँ बच्चाको स्वागत गर्ने परिस्थिति पनि बन्नसक्छ ।
दाम्पत्य सम्बन्ध र प्रेमजीवनको कुरा गर्ने हो भने यस वर्ष यी क्षेत्रमा सामान्य प्रभाव रहने छ । आपसी सम्बन्धमा नजिक र टाढाको स्थिति बनी रहने सङ्केत छ । युवा उमेरका व्यक्तिहरूले कसैलाई मन पराउनु भएको छ वा कुनै अनुराग उत्पन्न भएको छ भने तपाईंले मईभन्दा पहिले नै उसलाई आफ्नो मनको कुरा सुनाउनु उपयुक्त हुनेछ, नत्र पछि त्यो अवसर नआउने सम्भावना बन्नेछ । मईदेखि उताको तीन महिनामा आपसी सम्बन्धप्रति संवेदनशील बन्ने प्रयास गर्नुहोला, नत्र तपाईंहरूको व्यक्तिगत जीवनमा कुनै तेस्रो व्यक्तिको प्रवेश भइदिनाले तपाईं भ्रम र शंकाको शिकार बन्ने खतरा छ । स्वास्थ्यका दृष्टिकोणले यस वर्षको मध्यभाग तपाईंका लागि कमजोर साबित हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कन्या राशिको राशिकुण्डलीमा यस वर्ष तृतीय भावमा केतु र नवम भावमा राहुको गोचर रहने वर्ष छ, सन् २०२१ । कन्या राशिका व्यक्तिहरूका निमित्त यो वर्ष आर्थिक दृष्टिले अघिल्लो वर्षको तुलनामा अझ सुदृढ बन्दै जाने समय छ । वर्षको मध्यभागमा जग्गाजमिनको कारोबार गर्दा वा स्थिर सम्पत्तिमा लगानी गरेमा लाभकारी हुनेछ । यस वर्ष तपाईंको कुलसम्पत्ति केही न केही बृद्धि हुने सङ्केत छ । व्यापारीरव्यवसायीहरूले आफ्नो कारोबारबाट राम्रो मुनाफा लिन सक्नेछन् साथै लामो समयदेखि फँसेको धन उकास्ने वा रोकिएको धन उकास्ने अवसर पाउनु हुनेछ । हुन त वर्षको मध्यभागमा कारोबारमा मन्दी छाउन सक्छ, तर अक्टोबरपछि पुनः आर्थिक लाभले गति समात्ने सङ्केत छ । यस वर्ष आम्दानी त हुन्छ नै साथै बाध्यताकारी खर्चमा पनि बृद्धि हुने सम्भावना देखिन्छ ।
कार्यक्षेत्रमा नयाँ र नौला व्यक्तिहरूसँग उठबस गर्ने मौका मिल्नेछ । काममा जाँगर चल्ने छ, लक्ष्यमा सजिलै पुग्न सक्नुहुनेछ । बढुवा वा प्रशंसा पाउने योग छ । व्यक्तित्व विकास र उन्नतिको अवसर पाउनु हुनेछ । यस वर्षको बीच भागमा कुनै नौलो काम गर्ने वा नयाँ कारोबार सुरु गर्ने योजना बनाउनु भएको छ भने स्थगित राख्नु ठीक हुन्छ । नौलो काम गर्न सुरुका चार महिना वा अन्तिमका तीन महिनामात्र उपयुक्त हुनेछ । मईदेखि सेप्टेम्बर बीचका पाँच महिनामा कर्मचारीले झैझमेला ब्यहोर्नुपर्ने वा सजाय भोग्नुपर्ने परिस्थिति बन्नेछ, त्यसैले सचेतताका साथमा काम गर्नु उचित हुनेछ ।
यस वर्ष घरपरिवारमा राम्रो छ । आपसी तनाव, शंका वा मनमुटाव थियो भने पनि अब परिवारका सबै सदस्यहरूका माझमा सुमधुर सम्बन्धको विकास हुनेछ । यस वर्षको अन्तिम समयमा परिवारमा कुनै पारम्परिक वा धार्मिक महोत्सव वा मांगलिक कार्यको आयोजना हुनसक्छ । युवा वयका व्यक्तिले यस वर्ष नयाँ सम्बन्ध बनाउने अवसर पाउनु हुनेछ । वैवाहिक जीवन पनि सुमधुर र मिठासपूर्ण रहने सम्भावना छ । तपाईंले पनि वर्षको मध्यभागमा जिम्मेबार बन्ने प्रयास गर्नुपर्छ । स्वास्थ्यका दृष्टिकोणले यो वर्ष तपाईंका लागि शुभ वर्ष साबित हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक दृष्टिकोणले सन् २०२१ को प्रारम्भ तुला राशिका व्यक्तिहरूका निमित्त राम्रै हुने सङ्केत छ । आम्दानी र खर्चको अनुपात बराबर हुने वर्ष हो, यो वर्ष । यद्यपि पहिलेको तुलनामा तपाईंको आर्थिक हैसियतमा केही न केही बढावा नै हुनेछ । यस वर्ष घर, घरघडेरी वा जग्गाजमिनको कारोबार गर्ने मुडमा हुनुहुन्छ भने हतारमा निर्णय नगर्नु होला, गर्नै परेमा विज्ञ र जानकारको सल्लाह लिनु मुनासिब हुनेछ । नयाँ वाहन लिने वा पुरानो घर मरम्मत गर्ने योजना बनाउनु भएको छ भने मईदेखि अक्टोबरको बीचको समय उचित हुनेछ । त्यस्तै कुनै पुरानो समस्या सुल्झाउन वा मरम्मत सम्भार गर्न यस वर्षको मध्यभागमा ठूलै धन खर्च हुने सम्भावना छ । त्यस्तै तपाईंले शेयर कारोबारमा धन लगानी गर्ने योजना बनाउनु भएको छ भने यस वर्ष मईदेखि पहिले नै वा अक्टोबर महिना प्रारम्भ भएपछि गर्नु समुचित हुनेछ ।
ज्योतिषीय गणना अनुसार यस वर्ष तुला राशिका व्यक्तिहरूका निमित्त शनि र गुरु बृहस्पतिको गोचरले कार्यक्षेत्रमा मिश्रित प्रभाव पार्ने सङ्केत छ । बन्दव्यापार वा कारोबारमा तपाईंले कडा मिहिनेत, परिश्रम र सङ्घर्षपछि मात्र सफलता आर्जन गर्नुहुनेछ । कसैका कुरा सुनेर वा साझेदारीमा कुनै पनि नयाँ काम नथाल्नु होला, नत्र पछि पछुतो मान्ने परिस्थिति खडा हुनेछ । त्यस्तै पुरानो कारोबार छ भने पनि जान्नेबुझ्ने र सिनियर साथीको सल्लाह लिएर मात्र कुनै ठूलो काम गर्नु ठीक हुन्छ ।
वैदेशिक प्रयोजनको काम गर्ने र विदेशमा बसोबास गर्नेहरूले मईदेखि अक्टोबरसम्म सतर्कता अपनाउनु ठीक हुन्छ । यस अवधिमा ठूलै टुट्टा पर्ने गरी पदप्रतिष्ठा गुम्ने खतरा देखिन्छ । तर रोजगारीको नयाँ प्रयास गर्नेहरूका लागि यो वर्ष सफल रहने छ । व्यवसाय वा नोकरीका सिलसिलामा विदेश जाने वा विदेशको शयर गर्ने अनुकूलता प्राप्त हुनसक्छ । सरकारी कर्मचारीले वर्षको सुरुको तीन महिनाभित्र वा अन्तिम ३ महिनामा बढुवा, प्रशंसा वा पुरस्कार पाउन सक्नुहुन्छ । त्यस्तै मईदेखि सेप्टेम्बरभित्र कार्यक्षेत्रमा तनाव आउने खतरा पनि देखिन्छ ।
तुला राशिका व्यक्तिहरूको यस वर्षको पारिवारिक जीवन असाध्यै अनुकूल रहने छ । परिवारमा कुनै ठूलै उत्सव वा खुशीको माहौल सिर्जना हुनसक्छ । टाढा रहेका आफन्तजनसँग पुनर्मिलन हुनेछ । त्यस्तै प्रेमजीवन र वैवाहिक सुखका निमित्त यो वर्ष सकारात्मक नै देखिन्छ । पतिपत्नी एकसाथ कतै भ्रमण वा घुमघाममा निस्कन सक्नुहुन्छ । प्रेमीप्रेमिका निमित्त पनि यो वर्ष सकारात्मक रहने छ, भेटघाट र एकान्तवासका निमित्त पटकपटक अवसर मिल्नसक्छ । यस वर्ष कुनै पुरानो साथी वा बाल्यावस्थाका मित्रहरूसँग पुनर्मिलन भएमा तुरुन्त विश्वास गरिहाल्नु वा ढुक्कसँग मनका कुरा बताउनु ठीक हुनेछैन । स्वास्थ्यपक्षमा सतर्क र सावधान हुने वर्ष हो, सन् २०२१ । सकेसम्म तपाईंले खानपानमा सतर्कता अपनाउनु होला, साथै योग र व्यायामलाई आफ्नो दैनिकीको हिस्सा बनाउनु राम्रो हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस वर्ष तपाईंको आर्थिक स्थिति अझ सुदृढ बन्ने सङ्केत देखिन्छ । वर्षको सुरुवातका केही महिनाहरूमा नै यसको सङ्केत प्राप्त हुनथाल्नेछ । शेयर कारोबार, जग्गाजमिन वा कुनै कम्पनी वा साझेदारीमा गरेको लगानीले राम्रो मुनाफा र प्रतिफल दिलाउने छ । तर पनि तपाईंले पनि दुईवटा ठूला ग्रहहरू बक्री हुने समयावधि मईदेखि अक्टोबरसम्मको अवधिमा आर्थिक कारणले समस्या भोग्ने वा तनाव झेल्नुपर्ने परिस्थिति बन्नसक्छ ।
त्यसैले कुनै ठूलो लगानी गर्ने मुडमा हुनुहुन्छ भने सन् २०२१ को मध्यभागमा मुट्ठी बाँधेकै जाति हुनेछ । यस अवधिमा बजेटलाई सन्तुलित बनाउन हम्मेहम्मे पर्ने भएकाले खर्चबर्चमा नियन्त्रण गरेको राम्रो हुन्छ । वर्षको अन्तिम भागमा पैतृक सम्पत्तिको बाँडफाँड हुने वा कुनै पुरानो सम्पत्तिको बिक्रीबट्टा हुनगई केही आर्थिक लाभ हुने सम्भावना रहेको छ, जसले पुरानो आर्थिक हैसियतमा बढोत्तरी गर्न टेवा पुग्नेछ । सामान्यतया व्यापारिक कारोबारबाट सफलता नै मिल्ने वर्ष रहेको देखिन्छ ।
पेसा वा व्यवसायमा संलग्न व्यक्तिहरूले विदेशबाट वा वैदेशिक प्रयोजनका काम, आयातनिर्यातको कारोबार वा वाहन वा परिवहनका माध्यमबाट राम्रो धन कमाउने अवसर पाउनु हुनेछ । तर कुनै ठेक्कापट्टा सम्पन्न गर्न वा कुनै योजनाको कार्यान्वयनका लागि ठूलै धनराशिको आवश्यकता पर्ने र ऋण उठाउनु पर्ने वा बैंकिङ्ग गर्ने बाध्यता आइलाग्ने वर्ष हो, यो वर्ष । तर यस वर्षको मध्यभागमा ऋण वा कर्जाको कारोबारबाट टाढै रहनु होला, किनभने यस अवधिमा शनि र बृहस्पति दुबै ग्रहको गतिमा बक्रता आउने छ । त्यस्तै कर्मचारी वा कामदारहरूले यसै अवधिमा नोकरी वा जागिरप्रति असाध्यै चनाखो र सावधान हुनुपर्छ । यस अवधिमा गरिएको सानो गल्ती वा त्रुटिका कारण नोकरी वा पेसा नै त्याग्ने बाध्यता र झमेला आइलाग्ने डर हुन्छ । नयाँ नोकरी, वैदेशिक यात्रा र जागिरको खोजीमा हुनुहुन्छ भने सुरुका तीन महिना र अन्तिमका तीन महिना तपाईंका लागि शुभ समय हुनेछन् ।
त्यस्तै पारिवारिक र व्यक्तिगत जीवनका दृष्टिकोणले वृश्चिक राशिका निमित्त यो वर्ष सामान्य रहने छ । परिवारका सदस्यहरूका बीचमा आपसी समन्वय कायम हुने र हरेक समस्या र योजनमा आपसी तालमेल र छलफल हुने समय छ । मातापिताको इच्छानुसार चल्नुपर्ने तथा वहाँहरूको सेवासुश्रुषामा पनि केही समय बिताउने परिस्थिति बन्नसक्छ । त्यस्तै कुनै योजना कार्यान्वयनमा मातापिताको सहयोग प्राप्त भएमा ठूलो उपलब्धी पाउन सक्नुहुन्छ । घरपरिवारमा समयसमयमा धार्मिक कार्यक्रम र मांगलिक कर्म भइरहने वर्ष हो, सन् २०२१ ।
प्रेम जीवन र दाम्पत्य जीवनका दृष्टिकोणले यो वर्ष सामान्य नै रहने छ । तर शिरमा केतुको प्रभाव रहने भएकाले तपाईंले झडंग गर्ने, रिस र अहंकार देखाउने बानीमा सुधार ल्याउनु पनि उत्तिकै अनिवार्य छ । पार्टनरको भावना र संवेदनप्रति जवाफदेही बन्न सक्नुभएन भने यस वर्ष तपाईंहरूका बीचको मनमुटाव बाहिरिने र समाजसम्म पुग्ने खतरासमेत देखिन्छ । खासगरी मईदेखि अक्टोबरसम्मको अवधि राम्रो छैन । त्यस्तै यसै अवधिमा तपाईंले आफ्नो स्वास्थ्यप्रति सचेतता अपनाउनु बुद्धिमानी हुनेछ । खासगरी जोखिमयुक्त काम, आगो, हातहतियार र सवारीसाधनमा खेलाची नगर्नु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धनु राशिका व्यक्तिहरूले धनधान्य र सम्पत्तिका निमित्त कडा मिहिनेत र सङ्घर्ष गर्नुपर्ने वर्ष हो, सन् २०२१ । वर्षभरि दोस्रो भावमा शनिदेवको उपस्थिति हुनेछ । खासगरी मईदेखि सेप्टेम्बरसम्म राशिस्वामी बृहस्पति र शनिदेव दुबैमा बक्र गति हुने हुँदा ठूलै आर्थिक जोखिमको परिस्थिति खडा हुने डर छ । यो वर्ष कतै ठूलै रकमकलम लगानी गर्ने मुडमा हुनुहुन्छ भने आफ्नो निर्णयमा गम्भीरतापूर्वक सोचविचार गर्ने सल्लाह प्रदान गरिन्छ । त्यस्तै बाध्यताकारी काम र पारिवारिक खर्चमा पनि निरन्तर बृद्धि भइरहने सङ्केत छ । त्यसैले पनि लहडमा वा विनासोचविचार लगानी गर्नबाट तपाईंले जोगिएको नै जाति हुनेछ । तर मार्चभित्र र नवम्बररडिसेम्बरमा अचानक कुनै आर्थिक लाभ मिल्नाले केही राहतको अनुभूति हुनसक्छ ।
कार्यक्षेत्रमा मस्तसँग खट्ने र उपलब्धी हासिल गर्ने वर्ष हो, यो वर्ष । त्यसैले यस वर्ष तपाईंको मिहिनेत र लगनशीलताले उच्च गति समात्न सक्छ । बन्दव्यापारमा खटे जति लाभ पाउनु हुनेछ । तर कार्यक्षेत्र छाडेर बाहिर अलमलिने वा सानातिना यात्रामा निस्किरहने काम छ भने तपाईंले यस वर्ष पनि कुनै ठोस उपलब्धी निकाल्न सक्नुहुन्न । त्यस्तै नोकरी वा जागिरमा संलग्न व्यक्तिे सुरुको चार महिना हाकिम दाहिने भएको अनुभूति गर्नुहुनेछ । त्यस्तै यस वर्षको अन्त्यतिर बढुवा वा प्रमोशनको सम्भावना पनि देखिन्छ, तर छैंटौं राहुका कारण खुट्टा तान्ने, कुरा लाउने र प्रतिस्पर्द्धी पनि उत्तिकै सबल छन् भन्ने ठानेर सतर्कता अपनाउनु आवश्यक हुन्छ । नयाँ जागिरको प्रयास गर्नेले मिहिनेत गरेमा सफलता पाउनु हुनेछ ।
पारिवारिक जीवनका दृष्टिकोणले यो वर्ष त्यत्ति उपलब्धीमूलक र फलदायी वर्ष हुनेछैन । प्रारम्भको केही समय एकआपसमा तालमेल नमिल्ने, आर्थिक व्ययभार बढ्ने, झैझगडा र विवादको परिस्थिति सिर्जना हुने केही नराम्रो फल पाउने सम्भावना छ । यस्तो परिस्थितिमा आफू चुप लाग्नु, शान्त बन्ने प्रयास गर्नु र आपसी झमेलालाई चित्त शान्ति बनाई घरभित्रैबाट समस्या हल गर्न लागी पर्नु समुचित हुन्छ ।
तर वर्षको अन्त्यसम्ममा सम्बन्धमा मिठास आउने र एकआपसमा घुलमिल हुने वातावरण बन्नेछ । तपाईं अविवाहित हुनुहुन्छ भने यस वर्ष तपाईंको जीवनमा पार्टनरले प्रवेश गर्ने सङ्केत छ । प्रेम सम्बन्धमा हुनुहुन्छ भने एकअर्काप्रति समर्पित हुने प्रयास गर्नुहोला । अप्रिलदेखि जूनभित्र विवाहयोग्य उमेरका व्यक्तिहरूको वैवाहिक जीवन प्रारम्भ हुनसक्छ । नयाँ जोडीका लागि यो वर्ष सन्तानप्राप्तिको वर्ष हो । तर पुराना जोडीका बीचमा खटपट र झगडा बढाउने समय छ । त्यसैले धैर्यता र संयमलाई कायम राख्नुहोला । स्वास्थ्यका दृष्टिकोणले यो वर्ष राम्रो समय छ । पुरानो रोगव्याधिबाट छुटकारा पाउन सक्नुहुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मकर राशि हुनेहरूको सन् २०२१ भरि आर्थिक दृष्टिकोणले उतारचढावको सामना गर्नुपर्ने समय हो । घरिघरि हातमा पैसै पैसा हुनेछ भने घरिघरि पैसाकै कारण डिप्रेसनमा रहनु पर्ने परिस्थिति बन्नसक्छ । त्यसैले यस वर्ष धनको कारोबारमा निकै सतर्कता अपनाउने वर्ष हो । यो वर्ष प्रायः वर्षभरि नै राशिस्वामी शनिदेव र बृहस्पतिको युतिसम्बन्ध बन्ने भएकाले तपाईंको राशिमा नीचभङ्ग राजयोगको सिर्जना हुनेछ ।
यद्यपि मईदेखि सेप्टेम्बरसम्मको पाँच महिनामा यी दुबै ग्रह बक्र गतिमा जाने भएकाले निकै सतर्कता अपनाउनु पर्छ । यो वर्ष पैतृक सम्पत्तिको बाँडफाँड र सम्पत्तिका निउँमा परिवारमा झैझगडा र विवाद सिर्जना हुने समय हो । त्यस्तै आम्दानीका निमित्त यो वर्ष तपाईंले कडा मिहिनेत र लगनशीलता देखाउने समय पनि हो । तर निराश हुनु पर्दैन, यस वर्षको अन्त्यसम्ममा आर्थिक पक्षका प्रायः सबै समस्याको हल हुने सङ्केत छ ।
व्यापाररव्यवसाय र पेसागत दृष्टिकोणले भन्नुपर्दा यो वर्ष मिहिनेत गर्ने वर्ष हो । पुरानो काम र कारोबारबाट राम्रो फाइदा बटुल्न सक्नुहुनेछ, साथै नयाँ व्यवसाय वा कारोबारमा लगानी बढाउने बाध्यता हुनसक्छ वा ऋणभारमा बृद्धि हुने समय हो । जागिरेहरूले आफूले भनेजस्तो परिणाम प्राप्त गर्न कठिनाइ हुनेछ । खासगरी वर्षको मध्यभागमा अवगाल वा अपजस ब्यहोर्नुपर्ने वा दण्ड वा सजाय भोग्ने परिस्थिति बन्नेछ । नयाँ जागिर वा रोजगारीको प्रयास गर्नेहरूले पनि जागरूकता र लगनशीलता अझ बढाउनु पर्ने वर्ष रहने छ । तर वैदेशिक रोजगारीका निमित्त शुभ वर्ष साबित हुनेछ ।
सन् २०२१ मा मकर राशिका मानिसहरूको पारिवारिक जीवन सुधारोन्मुख र परिणाममुखी हुनेछ । पुराना मनमुटाव र झैझमेलाको समाप्ति हुनाले वर्षको अन्त्यसम्ममा आपसी सम्बन्ध सुमधुर बन्नेछ । पारिवारिक ऋणभार र रोगबाट निवृत्ति हुनाले सन्तोषको अनुभूति हुनेछ । त्यस्तै वर्षान्तमा कुनै उत्सव वा समारोहको आयोजना गरिने छ, जसमा टाढाटाढाका आफन्तहरूसँग भेटघाट र रामरमाइलोको माहौल बन्नसक्छ । मई र जून महिनामा भ्रमण, तीर्थयात्रा वा पर्यटनको वातावरण बन्नसक्छ ।
प्रेमीप्रेमिकाले यो वर्ष पार्टनरको भावना, इच्छा र अनुभूतिको ख्याल गर्ने वर्ष हो । त्यस्तै गृहस्थीहरूले पनि एकआपसमा सुख र समन्वयको अनुभूति गर्नुहुनेछ । गृहिणीहरूले पति वा आफ्नो कार्यक्षेत्रमा बढुवा वा प्रशंसा पाएको समाचार सुन्न पाउनु हुनेछ । स्वास्थ्यका दृष्टिकोणले तपाईंका लागि यो वर्ष मिश्रित प्रभाव भएको वर्ष हुनेछ । वर्षको मध्यभागमा चोटपटक र दुर्घटनाको प्रकोप रहेकाले शनिदेवको पूजाउपासनामा जोड दिनु वाञ्छनीय देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यो वर्षको पूरा अवधि तपाईंको राशिस्वामी शनिदेवले बाह्रौं भावको यात्रा गर्नुहुने समय हो । त्यसैले आर्थिक दृष्टिकोणले तपाईंका लागि उतारचढाव र जोखिमले युक्त वर्ष हुनेछ, सन् २०२१ । तथापि बृहस्पतिको साथले राजयोग बनेको परिस्थिति रहेकाले यस वर्षको प्रारम्भिक तीन महिना कुने अप्रत्यासित र आशातीत सफलता मिल्नाले ठूलै आर्थिक लाभ पाउन सक्ने सङ्केत पनि छ ।
यो वर्ष पुरानो लेनदेनको कारोबार वा सट्टापट्टाको कारोबारबाट आर्थिक उपलब्धी हासिल हुनेछ । पुरानो घरघडेरीको बिक्री हुने वा व्यवसायिक कारोबारमा परिवर्तन गरिने वा ठाउँ नै फेर्ने परिस्थिति पनि बन्नसक्छ । परिणामतः तपाईंलाई धनराशिको आवश्यकता पर्नसक्छ र ऋण काढ्ने परिस्थिति बन्नसक्छ । खासगरी यो वर्ष छोटो प्रयोजनको आर्थिक कारोबारले फाइदा दिलाउने छ भने लामो प्रयोजनको कामबाट वेफाइदा हुनेछ । त्यसैले जमीन र शेयर बाजारमा लगानी नगर्नु नै राम्रो हो । पैतृक सम्पत्ति प्राप्त हुने वा सम्पत्तिको बाँडफाँडको सम्भावनासमेत देखिंदैछ ।
पेसा वा व्यवसायिक दृष्टिले विश्लेषण गर्दा नयाँ ठाउँमा धन लगानी गर्ने वा नयाँ कारोबार गर्ने हो भने तपाईंका लागि सुरुदेखि अप्रिलसम्म र अक्टोबरपछि वर्षको अन्त्यसम्म अनुकूल समय रहने छ । त्यस्तै वर्षको मध्यभागमा कुनै पुराना योजनालाई मूर्त बनाउन वा मरम्मतसम्भार गर्न ठूलै धनरकमको आवश्यकता पर्नसक्छ । आवश्यकता अनुसार घरपरिवार र आफन्तबाट सरसहयोग जुटाउन चाहनुभयो भने तपाईंको त्यो इच्छा पनि पूरा हुने वर्ष हो, यो वर्ष । कुनै नयाँ काम वा व्यवसाय सुरु गर्ने मनस्थितिमा हुनुहुन्छ भने मई महिना पहिले नै थालेको जाति हुन्छ । सरकारी वा कुनै संस्थागत सेवामा प्रवेश गर्ने मन बनाउनु भएको छ भने मिहिनेत गर्नुहोस्, यस वर्ष तपाईं नोकरीमा संलग्न हुनुहुनेछ । त्यस्तै पुराना कर्मचारी र कामदारका लागि वर्षको सुरुको छ महिना अनुकूल समय रहने छ ।
आर्थिक दृष्टिकोणले कुम्भ राशिका जातकहरूका लागि सकारात्मक र सुदृढ वर्ष देखिए पनि पारिवारिक मामिलामा यो वर्ष त्यति अनुकूल रहने देखिंदैन । घरपरिवारमा अचानक विविध समस्याहरू देखा पर्न सक्छन् । वर्षको सुरु र अन्त्यमा पारिवारिक खरखाँचो, रोगव्याधि र बाध्यताकारी काममा मोटै धनरकम खर्च हुने सम्भावना देखिन्छ भने वर्षको मध्यभागमा धार्मिक, पारम्परिक र सांस्कृतिक काममा खर्च नगरी नहुने परिस्थिति बन्नसक्छ । दाम्पत्य सुखका दृष्टिले यो वर्ष उतारचढाव र मिश्रित प्रभावले युक्त समय हुनेछ । नयाँ प्रेमीहरूका लागि पार्टनरको भावनालाई विशेष ध्यान दिनुपर्ने समय छ, ससाना कुरामा मनमुटाव हुने र थोरै लापरवाही गरेमा ब्रेक नै हुनसक्ने समय देखिन्छ । स्वास्थ्यस्थितिका दृष्टिकोणले पनि यो वर्ष मिश्रित समय रहने सम्भावना छ ।
सन् २०२० असाध्यै चुनौती, कठिनाइ र सङ्घर्षले भरिपूर्ण वर्ष रह्यो । सारा संसारमा सन् २०२० को सुरुवातमा नै कोरोना नामको महामारीले आफ्ना पखेटा फिंजाउन थाल्यो र हरेक देश, सरकार, समाज र व्यक्तिले कुनै न कुनै तरिकाले यस महामारीको सामना गरिरहनु पर्यो र यसरी जुझ्दाजुझ्दै वर्ष २०२० को अहिले समाप्ति हुन लागेको छ । अब केही दिनपछि सन् २०२१ को आगमन हुँदैछ, अब आउने नयाँ वर्षले विश्व परिवेशमा के प्रभाव पार्नेछ र व्यक्तिव्यक्तिको जीवनमा यसको के असर होला भनी जान्ने र बुझ्ने आकाङ्क्षा हरेक व्यक्तिमा हुनु स्वाभाविक नै मान्न सकिन्छ । वास्तवमा नयाँ वर्षले नयाँ आशा र लक्ष्यमात्र होइन, नयाँ नयाँ किसिमका समस्या र चुनौती पनि बोकेर आउने गर्दछ । यसै कारण हरेक नयाँ समय र युगमा व्यक्तिका मनका असीमित इच्छा र आकाङ्क्षा पूर्ति हुन्छ भन्ने एउटा सपना हुन्छ भने हरेक व्यक्तिले आइपर्ने अनेकानेक कष्ट र दुःख पनि सामना गर्नुपर्ने हुन्छ ।
यसका निमित्त सामान्यतया हरेक व्यक्तिले आफूलाई कुनै न कुनै तरिकाले तैयार राखेको हुन्छ । त्यसैले त नयाँ वर्षको आगमन हुनासाथ हरेक व्यक्तिको मनमा केही प्रश्न र जिज्ञासाहरू उत्पन्न हुने गर्दछन्, जस्तै पेसा, व्यवसाय वा करियर कस्तो होला रु आर्थिक हैसियत कस्तो रहला रु पारिवारिक सम्बन्ध, वैवाहिक जीवन, प्रेमसम्बन्ध र स्वास्थ्यसम्बन्धी यस्ता अनेकानेक उत्कण्ठा र जिज्ञासाहरू उत्पन्न हुने गर्दछन् । यसबाहेक नयाँ वर्षले आफ्नो भाग्य बदलिने त होइन रु अथवा यस वर्षमा मैले कुनै चुनौती वा कठिनाइको सामना पो गर्नुपर्ने हो रु भन्ने जिज्ञासा हुनु पनि स्वाभाविक नै मान्न सकिन्छ ।
यसरी यी र यस्तै प्रश्न, उत्कण्ठा र जिज्ञासाको परिशमन गर्न ज्योतिष, गोचरफल र वार्षिक राशिफलको सहयोग लिने गरिन्छ । सामान्यतया वार्षिक राशिफलमा वर्षभरिको सम्पूर्ण भविष्यवाणि प्रस्तुत गर्ने गरिन्छ, जसमा व्यक्तिको जन्मराशिका आधारमा नयाँ वर्षले तिनलाई के सङ्केत गरिरहेको छ रु यस वर्षभरिमा पेसा वा व्यवसाय अथवा करियरका बारेमा कस्तो फल प्राप्त हुन्छ रु आर्थिक पक्ष कस्तो रहने छ रु खर्चको सन्तुलन वा बोझ के हुन्छ रु ग्रहको चालले भाग्य सबल बनाउँछ वा बनाउँदैन, प्रेम जीवनमा के कस्तो उतारचढाव आउला रु गृहस्थी जीवन र सन्तानको उन्नतिरप्रगतिका लागि के गर्न सकिन्छ रु पारिवारिक सम्बन्ध र सँगीसाथीको सम्पर्क सम्बन्ध कस्तो रहला रु आदिआदि । आउनुहवस् आगामी नयाँ वर्ष सन् २०२१ ले तपाईंको व्यक्तिगत जीवनमा के सङ्केत गर्दैछ रु वार्षिक राशिफलमार्फत थाहा पाऔं ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक दृष्टिकोणले मीन राशि हुनेहरूका लागि सामान्य रहने सङ्केत छ, तर पनि यो वर्ष तपाईंले खर्च व्यवस्थापन गर्न निकै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । जग्गाजमिन, शेयर मार्केट र अन्य कुनै स्थिर सम्पत्ति बढाउन गरेको प्रयास सफल हुनेछ । लटरी, चिट्ठा र सट्टापट्टाबाट पनि केही न केही लाभ नै हुनेछ । तर चल सम्पत्ति अर्थात् व्यापारबट्टा र पशुपन्छीतर्फ नोक्सानी ब्यहोर्नुपर्ने परिस्थिति बन्नसक्छ ।
बन्दव्यापारमा संलग्न व्यक्तिहरूले कार्यक्षेत्रमा उतारचढावको सामना गर्नुपर्ने हुन्छ । वर्षको मध्यभागमा कुनै नयाँ प्रोजेक्ट वा योजनामा आकर्षण हुनसक्छ, अनि उक्त आयोजना पूर्ण गर्न केही धनरकम ऋण काढ्नु पर्ने वा बैंकिङ गर्ने परिस्थिति बन्नसक्छ । कर्मचारी र कामदारहरूका लागि यो वर्ष देशरपरदेशका विभिन्न ठाउँको यात्रा गर्ने अनुकूलता मिल्नसक्छ । भ्रमण र पर्यटन, तालिम, गोष्ठी र सेमिनारमा पटकपटक सहभागी बन्ने मौका पाउनु हुनेछ । मिहिनेत गर्ने जागिरेले कामको मूल्यांकन भएको अनुभूति गर्नेछन्, बढुवा वा प्रशंसा हुनेछ । नयाँ जागिरको खोजी गर्नेले मई महिनाभन्दा पहिले नै प्रयास गरेमा शुभफल प्राप्त हुनेछ ।
पारिवारिक दृष्टिकोणले अलि बढी दौडधूप गर्ने वर्षका रूपमा सन् २०२१ देखा परेको छ । मईदेखि सेप्टेम्बरसम्मको अवधिमा भाइ, बहिनी वा छोराछोरीको स्वास्थ्यस्थिति वा चालचलन चिन्ताको विषय बन्नेछ । त्यस्तै वर्षभरि नै घरमा भएका बृद्धबृद्धा वा मातापिताको सेवाचाकरी र देखभालमा समय प्रदान गर्नुपर्ने हुन्छ । नवम्बर र डिसेम्बरमा परिवारमा हर्ष र प्रसन्नताको माहौल हुनेछ, यसै अवधिमा कुनै सांस्कृतिक काममा वा तीर्थाटनरभ्रमणको उद्देश्यले सपरिवार घरबाहिर जान सक्नुहुन्छ ।
यस वर्ष दाम्पत्य जीवन र आपसीसम्बन्ध सुमधुर र आनन्दप्रद बन्ने वर्ष छ । बुढाबुढी मिलेर विदेश यात्रा गर्ने वा उतै सिफ्ट हुने मनसाय राख्नु भएको छ भने ढिला नगर्नुहोला, मार्चभित्र नै प्रयास गर्नुहोला, सफलता मिल्नेछ । त्यसबाहेक श्रीमान् र श्रीमतीको सहकार्यमा कुनै प्रोजेक्ट वा काम थाल्न पनि यो वर्ष राम्रो हुन्छ । तर मईदेखि सेप्टेम्बरसम्म तपाईंको राशिस्वामी बृहस्पतिलगायत शनिदेव पनि बक्री हुने हुँदा यस अवधिमा इच्छा पूरा नहुन सक्ने सम्भावना हुन्छ, कुनै काम नथाल्नु होला । स्वास्थ्यका दृष्टिकोणले पनि उक्त अवधि कमजोर रहने छ, त्यसैले यस वर्षको मध्यभागमा सवारी हाँक्दा, बाटो काट्दा, हातहतियार र विषालु पदार्थको उपयोग गर्दा तपाईंले सावधान र सचेत रहनुपर्छ ।