काठमाडौं, पुस २०- प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना छोरा डाक्टर प्रकाश चन्द मार्फत प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनाको सन्देश पठाएका छन्।
विप्लवले पठाएपछि खुमलटार पुगेर प्रकाश स्वास्थ्य लाभको कामना गरेका छन् ।
विप्लवले आफ्ना छोरा डाक्टर प्रकाशलाई स्वास्थ्य लाभको सन्देशसहित प्रचण्डनिवास खुमलटार भेट्न पठाएका हुन्।
प्रकाशले सोमबार बिहान खुमलटार पुगेर सीता दाहालको स्वास्थ्य लाभको कामना गरेको बताए। प्रकाशले भने फोटो देखेपछि निकै नराम्रो लाग्यो, म आफैं स्वास्थ्य क्षेत्रमा रहेको मान्छे भएकोले पनि उहाँको स्थिति देखेपछि भेट गरेर स्वास्थ्य लाभको कामना गर्न मन लाग्यो अनि भेट्न गए ।
उनले सीता दाहाललाई आफू सानै छँदा २०६१ सालमा रोल्पामा भेटेको बताए। परिचय गरेपछि उनले आफुलाई चिनेको प्रकाशले बताए ।
प्रचण्ड पत्नी सीता दाहाल केही समय अघि देखी बिरामी परेपछि आज उपचारका लागी दिल्ली गएकी छन् । यस अघि उनको उपचार मेडिसिटी अस्पतालमा भइरहेको थियो ।