काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० रा,उण्ड गो,लीसहित दुईजनालाई प्रहरीले प,क्राउ गरेको छ ।
प,क्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुको लगेज जाँच गर्दा गो,ली फेला परेको हो ।
विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार गो,ली लैजानुको उद्देश्यबारे अ,नुसन्धा,न भइरहेको छ। प्रहरीका अनुसार मुनादेवी अवकाश प्राप्त प्रहरी कर्मचारीकी पत्नी हुन्।