यि सुन्दरी सेकुवावाली मोडलिगं छाडेर सेकुवा पोलेरै भईन मालामाल, हेर्नुहोस् भिडियो

पछिल्लो समय नया कुरा देख्यो कि निक्कै भाईरल हुने गर्दछ । कहिले के बाली त कहिले के बाला भनेर नामको पछाडी जोडेर भाइरल हुने ट्रेण्ड अझै छ ।

यस्तैमा मोडल तथा गायिका रोजिना राई सेकुवाबाली भनेर भाईरल भएकी छिन् । मोडलिङ गर्न छाडेर रोजिना अहिले सेकुवा पोल्ने काम गर्न थालेकी छिन् ।

उनले मोडलिङ गर्दा छाडेको पढाइ फेरि अब कलेज जान थालेकी छिन् । आउनुस हेरौ उनै सेकुवाबाली संग गरिएको कुराकानी :

यो पनि पढ्नुहोस्

केही बर्ष यता ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिं’सा’त्मक गतिविधि गरेको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ। सो पार्टीका अधिकांश नेता पछिल्लो समय लगभग भूमिगत छन्। उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द भने केहि समय अगाडी चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गरेका छन्।

उनलाई चाहिँ उनको बुवाको नेतृत्वमा रहेको सङ्गठनले गरेका गतिविधि कस्तो लाग्दैछ? यो धेरै पुरानो र पहिलेका कुरासँग जोडिएको छ। बाल्यकालसँग पनि जोडिएको छ।

१० वर्षे द्व’न्द्व’कालमा देखेको चित्र र म आफैँले भोगेको पी’डा पनि छ। त्यो बेलामा रोल्पामा हजारौँ कमरेडहरूले आफ्नै आँखा अगाडि दिएको ब’लिदान र क्रान्तिले त्यतिखेर भोग्नु परेको क्ष’ति- यिनै विषयले मलाई कता कता प्रोत्साहन पनि दियो र पढ्नुपर्छ भन्ने मलाई त्यतिखेर नै लागेको थियो।

हामीले ठूलो क्ष’ति बे’होरेका थियौँ। त्यतिखेर यु’द्धमा लाग्ने जनमुक्ति सेनालाई स्वास्थ्य उपचारको सामान्य भन्दा सामान्य विषय नजान्दा धेरै क्षति भएको थियो। त्यसलाई कहीँ न कहीँ हल गर्न सकिन्छ भन्ने हिसाबले मलाई लाग्थ्यो र मैले बुवासँग पनि छलफल गरिराख्थेँ। त्यही सिलसिलामा कता कता बाट मिलेर आयो र डाक्टरी पढियो।

यसै क्रममा उनले आफुले नै पढेको अस्पतालका संचालकलाई घि’सा’रेर बाहिर नि’काल्छु भन्दै दिएको अभिब्यक्ति निकै चर्चित भएको थियो । प्रकाशले वि एण्ड सि मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलाई घि’सारे’र बाहिर निकाल्छु भन्दै दिएको अभिब्यक्ति चर्चित भएको थियो ।

प्रकाशले प्रसाईलाई मेडिकल माफिया भनेपछि उनीहरुबीच वि’वाद चु’लिएको थियो । उनीहरुबीचको टेलिफोन वार्ता सार्वजनिक भएपछि उनी वि’वाद बढेको हो । यसैबीच प्रकाशलाई भारतीय टेलिफोन नम्बरवाट हिन्दी बोल्ने मानिसले ध’ म्की दिएका छन् । हिन्दी बोल्ने ब्यक्तिले दुर्गालाई त’र्साउन खोजेको भन्दै ध ‘म्की दिएको सुनिन्छ । टेलिफोन गरेर ति हिन्दी बोल्ने ब्यक्तिले दुर्गालाई किन दुख दिन्छन् ? भन्दै धम् की दिएको सुनिन्छ ।

प्रकाशले पनि ति ब्यक्तिलाई भारतवाट फोन गरेर मलाई ध म्की दिने ? तेरो हि’म्मत छ भने नेपालमा आएर केही गरेर देखा न भन्दै जवाफ दिएको टेलिफोनमा सुनिन्छ । त्यो अडियो पनि सार्वजनिक भएको छ । प्रकाश चन्दलाई फोन आएको नम्बरमा फेरी संचारकर्मीले फोन गर्दा फोन अफ भएको देखिन्छ । दुई दिन सम्म पनि त्यो नम्बर अफ भएको देखिन्छ ।

बुर्जुवा शिक्षा भनेर आलोचना गर्ने तर आफ्ना छोराछोरीलाई त्यही शिक्षा दिलाउने अनि जनताका छोराछोरीलाई मर्न पठाउने भनेर आलोचना हुने गरेको छ नि तपाईँको बुवाको?

आलोचना गर्नका लागि गरिने विषयहरूमा हाम्रो भन्नु केही छैन। तर हाम्रो बाल्यकाल हेर्नूस् – हामी कस्तो खालको भोगाइबाट गुज्रिएका छौँ र कस्तो खालको शिक्षादिक्षाबाट अगाडि बढेका छौँ भन्ने कुरा सबै युवाले बुझ्न जरूरी छ।

मेरो बाल्यकालको कुरा गर्ने हो भने रोल्पाको बमबारी र बारुदभित्र गुजारेका ती रातहरू, आँखै अगाडि रक्ताम्मे भएर ढल्दै गरेका लाशहरू अनि मेरै बुवाको मरेको भन्ने चिठ्ठी पढ्दाताकाका मेरा भावनाका कुराहरू, यी सबै कुरा जोडिएर आउँछन्।

यहाँ कसैले बुर्जुवा शिक्षा पढ् वा नपढ् भन्ने भन्दा पनि शिक्षा लिने कुरामा बुर्जुवा होस् वा जे होस् लिने कुरा ठूलो हो त्यसैले अहिले शिक्षा लिने मौका छ लिनुपर्छ भन्ने हो।

अहिले जुन विषय आएका छन् आफ्ना छोराछोरी पढाउने अरूको छोराछोरी मार्न लगाउने भन्ने – खास विषय त्यो होइन। हामी पनि वा म पनि क्रान्तिको मैदानमा हुनेछु।

आज म एमबीबीएस पढ्दै छु। भोलि वातावरण बिग्रदै गएको अवस्थामा म तुरुन्तै हिँड्न तयार छु। क्रान्तिको लागि कसले कहाँबाट बलिदानी दिने भन्ने कुरा हो। त्यसका लागि हामी सधैँ तयार छौँ।

बुवा राजनीतिक मूलधारमा आइदिए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन?

यही धारमा यही अवस्थामा मूलधारमा आउनु हुँदैन। विप्लवले मूलधारमा ल्याए पनि हामी मान्दैनौँ त्यो कुरा। पारिवारिक हिसाबले मेरो बुवा भए पनि यो तीन करोड नेपाली जनताको मुक्ति कि मृत्यु भन्ने विषय बनिसक्यो।

तपाईँजस्तो डाक्टर पढ्न ठूलो रकम आवश्यक पर्छ। तपाईँको खर्च कहाँबाट जुट्छ?

यसमा धेरै साथीहरूको पनि सहयोग रहेको छ। सीएमसी कलेजले हाम्रो अनुरोधमा धेरै खर्च लिएको छैन। हाम्रो परिवार डाक्टरी पढ्नै नसक्ने, मोटरसाईकल चढेर हिँड्न नसक्ने, राम्रो लुगा लगाउनै नसक्ने खालको परिवार पनि होइन।

हामी ठकुरी खानदान भएको हिसाबले पनि लाहुरे परिवारको पृष्ठभूमि छ। त्यसकारणले गर्दा डाक्टरी पढ्नै नसक्ने विषय होइन। हाम्रो परिवारको जुन स्थिति छ त्यो भन्दा निकै तल गएर हामीले हाम्रो बालापन बिताएका छौँ।

तपाईँ महँगो मोटर साईकलमा चढ्नुहुन्छ भनेर आलोचना हुने गरेको छ। आम्दानीको स्रोत के हो?

त्यो विषय कहाँबाट आयो भन्ने कुरा बुझ्न जरूरी हुन्छ। जुन ‘हार्ले डेभिडसन’ मोटर साईकलको कुरा हो, काठमाण्डूमा सामान्य पार्किङ्ग गरी राखेको अवस्थामा मैले चढेर फोटो खिचेर सामाजिक सञ्जालमा हालेको थिएँ। त्यो आजको कुरा पनि होइन, करिब २/३ वर्ष अगाडिको कुरा हो।

केही मिडिया र केही सामाजिक सञ्जालका समूहहरूले यसलाई ठूलो विषय बनाएर, मसला हालेर, रङ्गरोगन गरेर अगाडि ल्याएपछि आलोचना त हुने नै भयो। त्यो (मोटर साईकल) मेरो पनि होइन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार