बाटैमा भेटिएका आमाहरुले सुनाए पुराना कुरा, हँसिला आमाहरुसँग भयो रमाइलो(भिडियो)

मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै होला ।

हामीले अनुभव गरेकै हो कुरा हो, बाटोमा हिँड्दा हामीलाई केही सानो दुखाइ हुन गयो भने पनि त्यो दुखाइले आमाको सहयोग मागेको हुन्छ ।

कुनै नराम्रो घटना हाम्रो आँखाले देख्न पुग्यो भने पनि आमा भन्न त्यो दृश्यले बाध्य गराएकै हुन्छ । त्यसैगरी कुनै पनि असहज काम गर्नुपरेको बेलामा पनि आमालाई सम्झिएकै हुन्छाँै ।

त्यो सम्झाइले हामीलाई आफ्नो कार्यसम्पादनमा हौसला मिलेको हुन्छ । अबोध बालक रुँदा पनि आमालाई सम्झी सम्झी रोएको हुन्छ ।

यसरी हाम्रो जीवनमा आमाको महत्व अथाह भए पनि यदाकदा हामीले तदनुरूपको आचरण एवम् व्यवहार गरेका छैनौँ कि भन्नेतर्फ एकचोटि सोच्नै पर्दछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार