ब,लात्का,रपछि एयरहोस्टेसको मृ,त्यु, बाथटबमा ला,श

काठमाडौं। नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर होस्टेसको सामूहिक ब’लात्का’रका कारण मृ’त्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो तरंग ल्याएको छ ।

फिलिपिन्सकी यी एयरहोस्टेसलाई पार्टीकै क्रममा सामूहिक ब,लात्का,र गरिएको र सोही कारण उनको मृ,त्यु भएको रिपोर्टमा जनाइएको छ । यो घ,टनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्याशट्याग जस्टिसफरक्रिस्टिनडेसेरा ट्रेण्ड गरिरहेको छ ।

द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रिस्टिन डेसेरा फिलिपिन्स एयरलाइन्समा एयरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन जकातीको एक होटलमा बसेकी थिइन् ।

रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृ,त अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पुलिसले क्रिस्टिनको श,व बरामद गर्ने बेला उनको शरीरमा धेरै चो,टहरु थिए । यी चो,टहरुले उनको सामूहिक ब,लात्का,र भएको जनाउँथे ।

यो घ,टनाबारे एयरलाइन्सले कुनै बयान जारी गरेको छैन । पुलिसले अहिलेसम्म यो घ,टनाका सम्बन्धमा ११ जनालाई गि,रफ्तार गरेको छ । प,क्राउ परेकामध्ये ३ जना त्यस रातको पार्टीमा सहभागी थिए ।

क्रिस्टिनकी आमाले पुलिसलाई दिएको बयानका छोरी आफ्नो अनुमति लिएर पार्टीमा गएको बताएकी छिन् । क्रिस्टिन सामाजिक संजालमा निकै लोकप्रिय थिइन् र उनको फ्यान फलोइङ राम्रो थियो । यही कारण पनि उनको मृ,त्युको घ,टनाले सामाजिक संजालमा हलचल ल्याएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार