छोराछोरीले लत्याएकी यी आमा, जो उठ्न बस्न सक्दिनन् जस्ले विगत ४ वर्षदेखि रुँदै यस्ता जाडोलाई कटाएकी छन्,‘भिडियोसहित’

काठमाण्डौ । ७१ वर्षीय मनीसरा भुजेल । जो जाडोले काठ्ठीएर रातभरी रुँदै विगत १० वर्षदेखि आफ्नै झुपडीमा बसिरहेकी थिईन् । उनको घर त थियो तर घर जस्तो घर थिएन । छानो त थियो तर त्यो छानो उनलाई चिसोमा न्यानो हुने र गर्मीमा शितल दिने ओत भएन ।

गरीबीको पनि पराकाष्ट उनको जीवनले वर्षौंदेखि घामपानी सहंदै आई रहेको थियो । र पनि उनी बाँचिरहिन् । कसैले सहयोग गरिदिऊन् भन्ने आश त लागेको थियो होला तर अरुसंग सहयोगको अपिल पनि गर्ने सक्ने अवस्थामा थिईनन् मनीसरा । थिईन् भने पनि राम्रोसंग बोल्न सक्दिनन् उनी ।

हुन त मनीसरा एक्लै छैनिन् । उनीसंग उनका श्रीमान सोम बहादुर भुजेल पनि छन् । तर सोम बहादुरको पनि उमेर डाँडा पारीको घाम जस्तो भईसकेको छ । उनी काम गरेर खान सक्ने उमेरका छैनन् ।

तर पनि उनले आफ्नो श्रीमती मनसरालाई केही जोहो गरेरै भएपनि खुवाएकै छन् । मनीसराको छोराछोरी पनि छन् तर उनीहरुले आमा र बुवा दुवैलाई हेर्दैन्न् रे यस्तो मनीसरा भन्छिन् । उनको भनाई अनुसार हात खुट्टा लाग्ने भएदेखि नै छोराछोरीले छाडेका हुन् रे । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार