काठमाडौँ । अस्ट्रेलियामा एक नेपाली युवकको मृ,त्यु भएको छ । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृ,त्यु भएको पुष्टि भएको छ । घटना हो सोमबार साँझको ।
अस्ट्रेलियाका संचारमाध्यमका अनुसार सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृ,त्यु भएको हो । उनको घर नेपालमा मोरङ हो ।
उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएको र पछिल्ला दिनमा पनि काममा ब्यस्त भएको र छुट्टीमा घुम्न गएको समयमा यस्तो विपत आइपरेको बताइएको छ ।
सचेतका भिनाजु मेघराज भट्टराईले सोमबार दुःखद् घटना भएको बताए। भट्टराईका अनुसार सचेत अध्ययनका लागि अष्ट्रेलिया गएका थिए।
अष्ट्रेलियाको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटीअन्तर्गत मास्टर्स डिग्रीको अध्ययन गरिरहेका थिए।
सिड्नीको अर्वनमा दिदीसँगै बसोबास गर्दै आएका सचेत साथीहरूसँंग पार्क घुम्ने क्रममा पौडी खेल्न गएका थिए। तर, पौडी खेल्ने क्रममा ७ मिटर गहिराईमा उनी डुबेको बताइएको छ ।
पारिवारिक श्रोतका अनुसार उनी दिदीलाई चाँडै फर्किन्छु भनेर साथीहरूसँग घुम्न निस्किएका थिए। सचेत डुबेरको खबर आएपछि दिदीसहित परिवारका सदस्य विक्षिप्त बनेको बताइएको छ ।तलाउमा डुबेर अर्का एक युवक आफै निस्किन सफल भएका छन्।