सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ-  नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला ३०० ले वृद्धि भएको छ ।

छापावाला सुन आज प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९६ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९६ हजार २०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९५ हजार ९००मा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३४० रूपैयाँमा कारोवार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार