सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौ । नेपाली सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एक जनाको निधन भएको छ । पूर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।

बुधवार भएको घटनामा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारूको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नंको नेपाली सेनाको वानटनले मोटरसाइकललाई ठक्कर दिएको हो ।

सोही दिशाबाट जाँदै गरेको स ५प ५०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार