उमेर छँदै कहिल्यै नगर्नुहोस् यी गल्ती, नत्र जीवनभरि भइनेछ गरीब

काठमाडौँ । भनिन्छ, कि जवानीमा प्राय कुनै न कुनै भूल भइदिन्छ। धेरैजसो मानिस युवा अवस्थामा गल्तीहरु गर्छन्।

यस्ता गल्तीहरु त्यही समयमा त निकै साना लाग्छन् र प्राय: ती गल्तीहरुलाई नजरअन्दाज समेत गरिन्छ। तर उमेर बितेसँगै महसुस हुन्छ कि जवानीका ती साना साना गल्तीहरु हाम्रो जेबका लागि कति धेरै भारि परिदिन्छ भन्ने कुरा।

यस्ता गल्तीहरुले उमेर बित्दै गएपछि हामी निकै हेरानीमा पनि पर्ने गर्छौ, तर त्यसबेला सबै कुरा आफ्नो नियन्त्रण बाहिर गइसकेको हुन्छ।

हामी यस्ता ५ वटा गल्तीहरुको बिषयमा बताउन गइरहेका छौ, जसले तपाईंको उमेर बित्दै गएपछि आफ्नै लागि गलपासो भइदिन्छ। यसको अर्थ, यदि तपाई जवानीमा यी गल्तीबाट बच्नुभयो भने उमेर ढल्किएपछि पछुताउनुपर्ने छैन।

क्रेडिट कार्डको भुक्तानीमा लापरबाह
प्रमिस अधिकारीको उमेर २५ वर्षको थियो। उनको बैंकले उनको क्रेडिट कार्ड बनाएको थियो। सुरुवातका दिनहरुमा त उनले क्रेडिट कार्डबाट खरिदारीसँगै समयमै भुक्तानी समेत गरे।

एक महिना उनले क्रेडिट कार्डको किस्ता बुझाएनन्। त्यसपछि जब एक महिनापछि बिल आयो, तब उनको होस उड्यो।

कारण ब्याज र जरीवाना दुवै जोडिएर बिल आएको थियो। त्यसपछि उनले ब्याज र जरीवाना नतिर्ने अड्डी लिए र कयौ महिनासम्म यसैगरी बिताइदिए।

केही वर्षसम्म त उनलाई थप पैसाको आवश्यकता परेन र यत्तिकै टार्न सफल पनि भए। तर उमेर बित्दै गएपछि उनलाई होम लोन आवश्यक पर्यो, तर क्रेडिट स्कोरमा उनी ब्ल्याकलिस्टेड थिए, उनले घर कर्जा पाउन सकेनन्।

यति मात्र होइन, अन्य कुनै पनि बैंकले उनको नाममा क्रेडिट कार्ड बनाउन मानेनन्। नेपालमा क्रेडिट कार्ड प्रयोगको चलन बढिरहेको बेला उनी चाहि ठण्डाराम बन्नुपर्यो।

बिमाको किस्ता समयमै नतिर्ने बानी
कतिपय मानिस बिमाको किस्ता समेत समयमै तिर्दैनन्। जसकारण कारण पछि यो निकै महंगो पर्न जान्छ।

पछिल्लो केही वर्षमा बिमाको किस्ता समयमा नबुझाउनेहरुको संख्या बढ्दै गएको छ । अझ टर्म इन्स्योरेन्समा यो समस्या बढी देखिएको छ।

यो यस्तो जीवन बिमा हो, जसको किस्ता कम हुन्छ, तर रिटर्न निकै पछि मात्र मिल्छ। जति उमेर ढल्कदै गयो, त्यति नै बिमाको किस्ता बढी बुझाउनुपर्ने हुन्छ।

अझ उमेर ढल्किएसँगै बिमाको किस्ता बढी दिनुपर्ने हुन्छ र केही वर्ष ढिलो गरे साबिकको भन्दा दुई गुणासम्म बढी भुक्तानी गर्नुपर्ने हुन्छ। यो गल्तीका कारण तपाईंको उमेर ढल्किएपछि आर्थिक भार बढी थेग्नुपर्ने हुन्छ।

एजुकेसन लोनमा डिफल्टर
युवा अवस्थामा तपाईं आफ्नो शिक्षाका लागि ऋण लिनुहुन्छ, तर त्यसको इएमआई समयमा बुझाउन पाउनुहुन्न । कारण शिक्षाको क्रममा तपाईंको ठेगाना एउटा हुनसक्छ, जागिरपछि चाहि त्यो ठेगाना अर्को हुनसक्छ।

यो समस्याबाट बैंक तपाईंसँग कम्युनिकेसनमा रहन पाउदैन, यसले तपाई लापरबाह बन्नुहुन्छ र इएमआई समयमै बुझाउनबाट जोगिन खोज्नुहुन्छ। तर जब केही समयपछि तपाईंलाई घरकर्जा, गाडी कर्जा वा व्यक्तिगत कर्जाको आवश्यकता पर्छ।

तब मात्र तपाईंलाई थाहा हुन्छ कि शिक्षा कर्जामा तपाईं डिफल्टर भएका कारण त्यसले तपाईको प्रतिष्ठा खराब भइसकेको हुन्छ। यही भूलका कारण उमेर बितेपछि तपाईंले आफ्नो आवश्यकता पूरा गर्न पाउनुहुन्न।

बचत नगर्ने बानी
शिक्षा पूरा भएपछि जब तपाईंले जागिर पाउनुहुन्छ, तब तलब आउन थालेपछि तपाईंको खर्च बढ्छ । तपाईं फजुल खर्च पनि गर्न थाल्नुहुन्छ र बचततर्फ कुनै ध्यान नै दिनुहुन्न।

तर पछि जब तपाईंको विवाह हुन्छ, बालबच्चा हुन्छन्, तब तपाईंको खर्च अझ बढ्नेछ। त्यसबेला तपाईंका लागि बचत गर्नु निकै मुश्किल पर्छ। यो समस्याले तपाईंलाई निकै पिरोल्न सक्छ।

बच्चाको पढाई र अन्य आवश्यकता पूरा गर्नका लागि विवाहपछि तपाईलाई पैसाको निकै ठूलो आवश्यकता पर्छ। तर समयमै बचत नगर्ने गल्तीका कारण तपाईंका सामु ऋण लिनुको अर्को कुनै विकल्प बाँकी रहनेछैन।

उमेर बितेपछि घरको खरीदारी

यदि तपाई घर बनाउन वा खरीद गर्न चाहनुहुन्छ भने सकेसम्म युवा अवस्थामै यो काम गर्नुहोस्। युवा अवस्थामा सानै मात्र किन नहोस् ।

घर लिनुभयो भने उमेर धेरै भएपछि त्यो सानो घर बेचेर त्यसको पैसा डाउन पेमेन्टको रुपमा प्रयोग गरी ठूलो घर लिनका लागि कर्जा लिनसक्नुहुन्छ। जति कम उमेर भयो, त्यसबेला होम लोन लिनु फाइदा हुन्छ।

जस्तो तपाईंको उमेर ३० वर्ष छ भने तपाईले किस्तामा होम लोन तिर्ने अवधि ३० वर्षसम्म पाउन सक्नुहुन्छ। तर ४० वर्षको उमेरमा होम लोन लिनुभयो भने २० वर्ष मात्र किस्ता तिर्ने समय पाउनुहुन्छ।

समय जति धेरै पाउनुभयो, तपाईंले बुझाउनुपर्ने इएमआईसमेत कम हुन जान्छ। थोरै रकम किस्ताबापत बुझाउनुपर्दा तपाईले लिएको ऋण तिरेको पत्तै हुँदैन।

त्यसकारण पछि मात्रै घर बनाउछु भन्ने भूल नगर्नुहोस्। जति उमेर बढी भयो तपाईंको इएमआई बढी दिन्छ।

दैनिक जीवनका अन्य आवश्यकता पूरा गर्नुपर्ने बाध्यता समेत परेकोले ठूलो राशिको इएमआई तपाईंका लागि घाडो बनिदिन सक्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार