सामाजिक सञ्जालमा निकै भाइरल बनेका व्यक्ति हुन भिम बहादुर बि.क ।
आर्थिक सकंलन गर्दे जीविकोपार्जन गर्दे आईरहेका उनी पछिल्लो समय युट्युव र अन्य सामाजिक सञ्जालमा निकै भाईरल बनेका पात्र हुन् ।
दैनिक २ घण्टा हिडेर देवघाट लगायतका क्षेत्रमा माग्दै पैसा संकलन गर्दे भिमले ८० र ७९ बर्षका बुवा र आमालाई पाल्दै आएका छन् ।
५ बर्षअघि जलेको घर निर्माण हुन नसक्दा घर भित्रै पानी छिर्ने र रातभरी सुत्न नसक्ने अवस्था थियो । जसकारण उनले समस्या भोग्दै आएका थिए ।त्यसैले ५० बर्षीय भिमका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।