पछिल्लो समय अटोमोबाइल कम्पनीहरूले विद्युतीय सवारीसाधन कम चार्जमा धेरै दुरी गुडाउन धेरै अनुसन्धान गरिरहेका छन्।
यही क्रममा चिनियाँ कम्पनी टेल्जीले ‘लियोपार्ड’ मोडललाई एक पटकको पूरा चार्जमा करिब ६५७ किलोमिटर गुड्ने बनाएको छ।
एकपटककै चार्जमा ६५६.८ किलोमिटर गुड्ने भएसँगै लियोपार्ड स्कुटरले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल भएको छ। कम्पनीले रेकर्ड राख्नकै लागि मोटर पावर थोरै र ब्याट्री पावर धेरै भएको विशेष प्रकारको लियोपार्ड स्कुटर बनाएको थियो।
नेपालमा पनि टेल्जीका स्कुटरहरू पाइन्छन्। यसको आधिकारिक वितरक योमामा ई-मोटर्स प्रालि हो।