चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ सेना कुनै पनि बेला यु,द्धका लागि तयार रहेको चे,तावनी दिएका छन् । भारतसँग टकराव जारी रहेकै बेला चिनियाँ राष्ट्रपति सीले आफ्नो सेना जतिबेला पनि यु,द्धका लागि तयार रहेको बताएका हुन् ।
राष्ट्रपति सीले आफ्नो सेनालाई वास्तविक लडा,ईको परिस्थितिमा जुध्नुपर्ने हुनसक्ने दा,बी गर्दै सैनिक अभ्यास गर्न निर्देशन समेत दिएका छन् ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार केन्द्रीय सैन्य आयोग(सिएमसी)को अध्यक्षता गर्दै राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सो निर्देशन दिएका हुन् । उनले जुनसुकै समयमा पनि यु,द्धका लागि तयार हुनुपर्ने भन्दै तयारी अवस्थामा रहन सेनालाई आदेश दिएका छन् । साथै उनले वास्तविक ल,डाईको परिस्थितिलाई ध्यानमा राख्दै सैन्य प्रशिक्षण गर्न र जसरी पनि यु,द्ध जित्ने तयारीमा रहन आदेश दिएका छन्
साउथ चाइना मर्निङ पोष्टका अनुसार राष्ट्रपति सीले कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) का पिएलएले जुलाई १ सम्म उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । स्मरणरहोस्ः आगामी जुलाई १ चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं वर्ष पुग्ने महत्वपूर्ण दिन हो ।