विराटनगर, २२ पुष । हिन्दू राज्यसहितको राजसंस्था र संघीयताको खारेजीको माग राख्दै राजावादीहरुले बिराटनगरमा प्रदर्शन गरेका छन् ।
ईटहरीबाट सुरु गरिएको राजावादीहरुको -यालीले बिराटनगरको बिभिन्न भागमा परिक्रमा पछि जनआन्दोलन चोकमा कोणसभा गरेको थियो ।
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राजावादीहरुले संघीयताको खारेजीको माग गर्दै बिरोध गर्न थालेका छन् । बुधबार उनीहरुले सुनसरीको इटहरीबाट कार र मोटरसाइकल -याली निकाल्दै राजसंस्थाका पक्षमा नाराबाजी गर्दै विराटनगरमा पुगेर कोण सभा गरेका हुन ।
राजावादीहरुले संघीयता र धर्म निरपेक्षता खारेजीको माग, राजा आउ देश बचाउ भन्दै नारा लगाएका थिए ।
-यालीमा सहभागीहरुले राजनीतिक दलका नेताहरुका कारण छोटो समयमै संघीयता असफल भएको र देशमा अशान्ति भएको आरोप लगाएका थिए । उनीहरुले राजसंस्थासहित हिन्दू राज्य कायम हुनुपर्ने माग राखेका छन् ।