शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् ।
शिवका केही भक्त भने महाशिवरात्रीलाई गाँ,जा, भा,ङ, ध,तुरो लगायतका न,शा से,वनको पर्वको रुपमा लिन्छन् ।
शिवरात्रि न,शा सेवनको पर्व हो त ? प्रश्न उठ्ने गरेको छ । धर्मशास्त्रहरुका अनुसार शिवरात्रि शिव भगवानको उपासना र आराधनाको लागि महत्त्वपूर्ण पर्व हो । शिव भगवानलाई खुसी पार्न र आफ्ना मनोकामना पूरा गर्न यो पर्व मनाउनुपर्ने मत रहेको छ ।
तर, महाशिवरात्रिमा पशुपति लगायत शिवमन्दिरहरुमा गाँ,जा, भा,ङ ध,तुरो लगायतका न,शाको से,वन खुलमखुल्ला रुपमा हुने गरेको छ । यसलाई सबैले सामान्य रुपमा लिने गर्छन् ।
तर प्रश्न उठ्छ, भगवान शिवले न,साको प्रयोग किन गरे ? त्यसको तत्व नबुझी न,शाको प्रयोगलाई प्रश्रय दिनु उपयुक्त होला त ? यसका लागि भगवानले किन न,शाको सेवन गर्नुभयो भन्ने कुरा थाहा पाउन जरुरी छ । त्यसका लागि धर्मशास्त्रहरुको अध्ययन गर्न जरुरी छ । यहाँ हामी गा,जा, भा,ङ, धतु,रो लगायतको प्रयोग भगवान शिव जीले किन गर्नुभयो भन्ने कुराको धार्मिक मान्यता प्रस्तुत गर्न गइरहेका छौं ।
भगवान शिव ध्यान मुद्रामा बस्नुहुन्छ । हिमालयमा ध्यान मुद्रामा बसेका शिवले ध्यानलाई भंगहुन नदिन र एकाग्र बनाउनका लागि न,शा सेव,न गरेको मान्यता छ ।
वेदको मत अनुसार समुन्द्र मन्थनका क्रममा एक थोपा मद्र पर्वतमा खस्यो । त्यसबाट एक रुख उम्रियो । यो रुखको एक रस देवताहरले निकै मनपराए । पछि भगवान शिवले यसलाई हिमालयमा लिएर आए किनकी सबैले यसलाई से,वन गर्न सकुन् ।
पुराणका अनुसार समुद्र मन्थनको समयमा अमृतसँगै विष निस्किएको थियो । अमृत त देवताहरुले पिए तर बाँकी रहेको वि,ष कसले पिउने समस्या पर्यो । उक्त वि,ष एक थोपा मात्र पनि जमिनमा वा पृथ्विमा खसेको खण्डमा प्रलय हुने थियो ।
वि,ष शिवजी पिउन तयार भए, र वि,ष पिए पनि । वि,ष पिउनै लाग्दा छेउमा रहेकी पार्वतीले वि,ष पेटमा नपुगोस् भन्नका लागि भगवान शिवको घाँटी समातिन् र विष भगवान शिवको कण्ठ(घाँटी) मा अड्कियो । त्यसैले भगवान शिवलाई निलकण्ठ पनि भन्ने गरियो ।
वि,ष से,वन गरेपछि भगवान शिवलाई निकै समस्या पर्यो । वि,षको गर्मीलाई सहन गर्न भगवान शिव कैलाश पर्वत गए । तर पनि उनको पी,डा कम भएन त्यसपछि उनको पी,डा भुलाउनका लागि देवताहरुले न,शाको खोजी गरे र भा,ङ, ध,तुरो, गा,जाको सेव,न गरेपछि भगवान शिवलाई केही राहत भयो ।