घरबाट खसेर एक मजदुरको गयो ज्यान

भक्तपुर, २२ पुष । भक्तपुरमा घरमा रेलिङ हाल्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटमा घरको दोस्रो तल्लामा स्टिलको रेलिङ हाल्ने क्रममा चिप्लिएर खस्दा ईश्वर कार्की गम्भीर घाइते भएका थिए ।

११ः४५ बजे खसेर घाइते भएका सूर्यविनायक नगरपालिका–५ बस्ने ४० वर्षीय ईश्वर कार्कीलाई स्थानीयको सहयोगमा उपचारका लागि मध्यपुर अस्पताल थिमीमा लगेको थियो ।

तर, कार्कीलाई १२ः२० मा चिकित्सकले मृत घोषण गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।

घरधनी गोविन्द राजकर्निकारले साढे २ तले घरमा स्टिलको रेलिङ राख्नका लागि रामेछाप जिल्ला मन्थली न.पा. वडा नं. ९ फुलासी घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ६ बस्ने ४५ वर्षीय राजन खड्कालाई काम दिएका थिए ।

राजन कड्काले मृतक ईश्वर कार्कीलाई उक्त रेलिङ बनाउने काममा लगाएको प्रारम्भिक अनुसन्धानबाट जानकारी भएको र थप अनुसन्धान भइरहेको सूचना अधिकृत डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।
(फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार