अन्जु पन्तकी छोरी अब नायिका बन्दै-आमा छोरीको माया भनेको यस्तो होस-नया गीत यस्तो आउदै

धेरै माया नदेऊ मलाई, टाढा हुँदा गाह्रो हुन्छ ।’ गायिका अञ्जु पन्तले स्वर तथा संगीत भरेको गीत हो यो । तर, गीतको भावले उनी र उनकी छोरी परितोषिकाबीचको सम्बन्धको कथा भन्छ ।

अञ्जुलाई छोरी परितोषिका ठूली हुँदै जाँदा एक दिन आफूलाई छाडेर पराई घर जान्छिन् भन्ने सोच आइसकेको छ । तर, के छोरीलाई आमालाई छाडेर पराई घर जानुपर्छ भन्ने सोच आएको छ त ?

परितोषिकाले  भनिन्–‘यो त मलाई लागि नै हाल्छ । सधैं त म ममीसँग हुन सक्दिनँ । यसैले त मैले ममीलाई जीवनसाथी खोज्न बारम्बार आग्रह गरेको छु ।’ अञ्जुलाई छोरीले नै बिहेका लागि स्वीकृति र दबाब दिएकी छिन् । तर, के अञ्जु बिहे गर्ने सोचमा पुगेकी छिन् त ?

प्रश्नले अञ्जुलाई केहीबेर सोच्नमग्न बनायो । भनिन्–‘नानीले जहिले पनि मलाई किन निराश हुनुभएको भन्छिन् । मेरो डिभोर्स भएको १० बर्ष भयो । १० बर्षदेखि मलाई छोरीको साथ त छ ।

तर, उनी पनि पराई घर गएपछि मलाई दुख्दा तातो पानी तताएर दिने मान्छे चाहिन्छ । छोरीले बिहे गर्नैपर्छ भनेर प्रेसर दिइरहेकी छिन् । तर, मेरो सोच बिहे नै नगर्ने हो । यो मेरो इच्छा नै नभएको कुरा हो । तर, मलाई धेरैले बिहेका लागि सुझाव दिइरहनुभएको छ ।’

अहिलेसम्म  अञ्जुको जिन्दगी रमाइलोसँग बितिरहेको छ । तर, जीवनसाथी नहुँदा उनलाई पीडा भएको छ कि भनेर उनकै साथी, आफन्त र छोरीले पनि सोच्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार