र,क्सीको मा,तमा मध्यरातमा बस चलाउँदा दु,र्घट,ना

बसपार्कमा पार्किङ गरेर राखेको बस सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिनाका एक युवाले चलाउँदा विराटनगर महानगरपालिका–३ बरगाछीमा बुधबार राती दुर्घ,टनामा परेको छ । को १ ख ५२४१ नम्बरको सेल्फी डिलक्स बस सुनसरीको कोसी गाउँपालिका–७ भण्टाबारीका २४ वर्षीय रक्कु भनिने राकेश कार्कीले चलाएको खुलेको छ । दु,र्घटनामा परेर कार्की ग,म्भीर घा,इते भएका छन् । उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पार्किङ गरेर राखेको स्थान विराटनगर बसपार्कबाट राति ११ बजेतिर कार्कीले लिएर गएको र लगभग दुई किलोमिटर उत्तरमा बरगाछी पुर्याएपछि दु,र्घटनामा परेको खुलेको छ ।

साँझ पार्किङ गरेर बसपार्कमा राखेपछि चालक सिरहाको लहान–१५ का ३२ वर्षीय सूर्यनारायण चौधरी सुत्न गएका बेला कार्कीले बस आफूखुसी लिएर गएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । 

उनका अनुसार दु,र्घटना हुनअघि बसका सह–चालक धनकुटाको शहीदभूमि गाउँपालिका–१ का १९ वर्षीय महेश दुलालसँग बसेर एउटा होटलमा कार्कीले म,दिरा से,वन गरेको पनि खुलेको ।

त्यसपछि दुलाल बसमै गएर सुतेको र कार्कीले चलाएर उत्तरतर्फ लिएर गएको राईले बताए । दुर्घ,टना हुँदा बसभित्रै रहेका दुलाल भने सकुशल छन् । घट,ना भएका बेला उनी भने म,दिराको न,शामा रहेको प्रहरीले जनाएको छ । बसले कि,चिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि लगिएका कार्की पनि म,दिराको न,शामा ल,ट्ठ रहेको राईले बताए । 

‘बस जुनसुकै चाबीले पनि खुल्ने गरेको पाइयो । चालक सु,त्न गएपछि अर्कै चाबीको प्रयोग गरेर बसपार्कबाट कार्कीले लगेको खुलेको छ,’ डीएसपी राईले भने, ‘कार्की अत्याधिक म,दिरा से,वन गरेर होसमा नभएका कारण बस आफै अनियन्त्रित भएर दु,र्घट,नाको देखिन्छ। घट,नाका बारेमा थप अ,नुसन्धा,न भइरहेको छ ।'(अन्नपुर्ण पोष्ट बाट)

(फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार