हरिवंश बने रिक्सा चालक, यस कारण चलाउँदैछन् उनले रिक्सा (भिडियोसहित)

काठमाडौ । हाँस्यकलाकार हरिबंश आचार्य रिक्सा चालक बनेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि रिक्सा चलाएका हुन् ।

बुधबार सार्वजनिक गीत ‘एउटा कुरा छ’को भिडियोमा उनी रिक्सा चालकको रुपमा देखिएका हुन् । भिडियोमा उनले रिक्सा चलाएर सामान ओसार प्रसार गरेको समेत देख्न सकिन्छ ।

शब्द र संगीत समेत हरिवंशकै रहेको छ । सत्यदीप केसीको छायाँकन र सागरराज शर्माको निर्देशन रहेको भिडियो दर्शकले रुचाउने अपेक्षा हरिवंशको रहेको छ ।

गीत महसंचारको युट्युबबाट सार्वजिनक भएको हो । यस अगाडि हरिवंशको ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारंगी रेटौंला’, ’हाम्री आमा सार्ह्रै नै बाठी छिन्’लगायत गीत चर्चित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार