नयाँ प्रकारको भाइरस अझै बलियो, बेलायतमा एकैदिनमैं १ हजार बढीको मृ’त्यु

बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसले त्यहाँको जनजीवनमा असर पुर्याएको छ । तीव्र संक्रामक मानिएको यो भाइरसका कारण त्यहाँ अहिलेसम्मकै धेरै दैनिक संक्रमित र दैनिक मृत्यु हुनेको संख्या रेकर्ड गरिएको छ।

एकैदिन बेलायतमा कोरोना भाइरसका कारण १ हजार ४१ जनाको मृत्यु भएको जनाएको छ । वर्षको अप्रिलपछिकै सर्वाधिक मृत्यु संख्या हो । त्यहाँ एकै दिन ६२ हजार ३२२ जना संक्रमित भएका छन् । 

जोन हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार बिहीबार बिहानसम्म बेलायतमा कोरोना संक्रमित २८ लाख ४५ हजार २६५ पुगेको छ। यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ४७० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार