बुवालाई के भन्ने ? मोटरसाइकल पछाडी राखिएकी यी बालिकाः बाबुको असंवेदनशीलताको हद छैन र?

काडमाडौं, पुस २३ । यो तस्वीर देख्दा तपाईंलाई कस्तो लाग्यो ? बालबालिकाप्रति अभिभावकहरु कतिसम्म लापरवाह हुन्छन् भन्ने एउटा उदाहरण हो यो ।

तस्वीर काठमाडौं बल्खु चोकको हो । जहाँ एक जना बाबुले मोटरसाइकलमा आफ्नो पिठ्यूमा यी कलिली बालिकालाई यसरी राखेर कतै लैजाँदै छन् ।

बालिका यति सानी छिन् कि उनले आफ्नो बाबुलाई समात्नै पनि सक्दिनन् । तर बाबुलाई कतै जान हतार छ र उनले यस्तो जोखिमका साथ आफ्नो बच्चालाई बिना कुनै सुरक्षा उपाय पिठ्यूमा राखेर मोटरसाइकलमा लैजादै छन् ।

यसै पनि काठमाडौंको सडक सुरक्षाका दृष्टिले सुरक्षित र भरपर्दो छैन, त्यसमाथि साना साना बालबालिकालाई यसरी लैजानु आफैमा जोखिम हो । अर्कातिर हिजोआज कोरोना भाइरसको अर्को जोखिम छ, नानीको मुखमा मास्क पनि देखिँदैन ।

एक त जाडोको समय छ, बालबालिकालाई मोटरसाइकलमा लिएर हिड्नु स्वास्थ्यका दृष्टिले चुनौतिपूर्ण हो । त्यसमा पनि यस्तो जोखिमपूर्ण यात्रा ट्राफिक नियमले पनि उचित पक्कै होइन ।

सम्पादकीय नोटः हामीले यो तस्वीर राखेर आममानिसलाई सूचित के गर्न खोजेका हौं भने, के हामी हाम्रा साना साना नानीहरुप्रति सचेत छौं ? सडक दुर्घटनाबाट सुरक्षित हुन हामी आफै कत्तिको सचेत छौं ? भन्न यो तस्वीर सहायक होला भन्ने हामीले ठानेका हौं ।
साभार- इमेजखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार