सुनको भाउ एकैदिन १३ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन ताेलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।सुनको भाउ आज तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार