ड्युटीमा खटिएका प्रहरीलाई घाइते बनाएर मै हु भन्दै मोटरसाइकलमा भागेका डम्बरलाई प्रहरीले फिल्मी शैलीमा समात्यो

काठमाडौ । कार्यक्षेत्रमा खटिरहेका अवस्थामा प्रहरीलाई घाइते बनाएर फरार रहेका मोटरसाइकल चालक आज पुर्पक्षका लागि थुनामा परेका छन् ।

सवारी अङ्गभङ्ग मुद्दामा सिरहाको लहान नगरपालिका–१८ का ३४ वर्षीय डम्बरनारायण चौधरीलाई सप्तरी जिल्ला अदालतको आदेशमा राजविराज कारागारमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

स७प २५८० नंको मोटरसाइकल चलाएका चौधरीले गत मङ्सिर २१ गते सवारी साधन जाँच गरिरहेका प्रहरी सहायक निरीक्षक हिमबहादुर खतिवडालाई ठक्कर दिएर घाइते बनाएका थिए ।

सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम रागमार्गमा रहेको ट्राफिक प्रहरी पोष्ट कदमाहा कार्यरत खतिवडाले सवारी साधन जाँच गरिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदै चौधरी फरार भएका थिए ।

फरार उनलाई पक्राउ गरी सवारी अङ्गभङ्ग मुद्दा चलाइएको छ । दुर्घटनामा घाइते प्रसनि खतिवडाको खुट्टा भाँचिएको थियो । घाइतेको स्वास्थ्योपचार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार