पल शाहले किने यस्तो करोडौको घर, नायिका पुजा शर्माले दिईन पललाई बधाइ(भिडियो)

काठमाडौं – नेपाली चलचित्रका सफल नायक पल शाहले घर किन्ने भएका छन् । उनले यसका लागी बैना गरिसकेको र घर किन्ने पक्का जस्तै भइसकेको बताएका छन् । एक अन्र्तवार्तामा उनले घर किन्नका लागी बैना गरिसकेको बताएका हुन् ।

उनले सपनको घर किन्न लागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् । यद्यपी उनले घरको मूल्य भने खुलाएनन् । उनले घर किन्ने भएपछि नायिका पुजा शमाले पल शाहलाई बधाइ दिएकी छन् ।

पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेका छन् । कोरोना सुरु भएपछि लकडाउन यता मात्रै उनले म्युजिक भिडियो खेलेरै ३ करोड कमाएको समाचार बाहिर आएको थियो ।

पछिल्लो केहि समय यता चलचित्र क्षेत्रका कलाकारहरु दोहोरी क्षेत्रमा प्रबेस गर्ने क्रम बढे संगै पल शाहले खेलेका गीतहरु पनि दैनिक जसो बजारमा आइरहेको छ। पल अभिनित पछिल्लो फिल्म म यस्तो गीत गाँउछु हो जुन प्रर्दशनको तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार