झापा, २३ पुस-शिवसताक्षी नगरपालिका(११ शिव चोकमा मे।१ ख ३३९२ नम्बरको ट्र’कले ठ’क्कर दिँदा साईकलयात्री सोही ठाउँ बस्ने धनबहादुर राईको छोरा १३ वर्षीय भिमबहादुर राईको बिहीबार बिहान मृ’त्यु भएको छ ।
ठक्कर दिँदा गम्भीर घाई’ते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृ’त्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्र’णमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस्
हुलाकी सडक मधेशको विकासमा महत्वपूर्ण ः मुख्यमन्त्री पोखरेल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गरेको बताउनुभएको छ ।
कपिलवस्तुमा निर्माण भएको क्षेत्रीय यातायात सडक ९आरटिओ० रोडको आज विजयनगर गाउँपालिका–५ खडैचामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समूहका नेतालाई निर्वाचनमा लाग्न सुझाव दिनुभयो । मुख्यमन्त्री पोखरेलले हुलाकी मार्गले मधेशको विकासमा महत्वपूर्ण हुनेसमेत बताउनुभयो । प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकाले यो सडक निर्माण पश्चात नागरिकको जीवनस्तर परिवर्तन हुने साथै प्रदेशको स्थायी राजधानीसँग जोडिएको कृष्णनगर भन्सारको स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले कपिलवस्तुमा सिँचाइको लागि नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताउनुभयो । सुकुम्वासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने उहाँले बताउनुभयो ।
भौतिक पूर्वधार विकासमन्त्री बैजनाथ चौधरीले पहिलो वर्ष प्रदेश सरकारले सबै भन्दा ठूलो बजेट ‘आरटिओ’ सडकलाई विनियोजन गरेर काम सम्पन्न गरेको बताउनुभयो । जिल्लाको पश्चिमी क्षेत्रमा तीन वटा जलाशाय निर्माण गरी सिँचाइको लागि वातावरण सिर्जना गर्ने प्रदेश सरकारको योजना शुरु भएको समेत उहाँको भनाइ थियो । खोलानालामा लिफ्ट सिँचाइको काम तीव्र रुपमा अघि बढेको बताउँदै पहिलो वर्ष ५४ वटा पुल निर्माण, दोस्रो वर्ष ३३ वटा र अहिले २७३ वटा पुलको डिपीआर काम शुरु भएको मन्त्री चौधरीले बताउनुभयो ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले आरटिओ सडक निर्माणले स्थानीयलाई सहज भएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको लागतमा कृष्णनगर आरटिओ सडक फराकिलो बनाइ कालोपत्रे भएपछि स्थानीयलाई यातायातको सहज भएको छ । ११ किलोमिटर सडक निमार्णमा प्रदेश सरकारले रु १५ करोड ७७ लाख रकम खर्च भएको छ ।