अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका–४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छन्।

दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो।

बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ।

केही समयअघि दैलेखको नारायण नगरपालिकामा आएकी उनले आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँ भन्दै ठगी धन्दा गर्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार