काठमाण्डौ । कोपिला बिसी । जो पक्षघातबाट पिडित छिन् । उनी एक वर्ष, दुई वर्षदेखि होइन । विगत १२ वर्षदेखि उनी यो रोगबाट पिडित हुँदै आईरहेकी छन् । उनलाई पक्षघातको शुरुवाती दिनहरुमा पनि अस्पताल लगेर डाक्टरलाई देखाउनु पर्छ भन्ने सोंच उनको परिवारमा कसलाई पनि आएन ।
आएपनि आर्थिक कुराले छेक्यो । उनलाई नजिकैको स्वास्थ्य चौकिसम्म लगेर देखाईएन । उनकोलागी गरियो केवल धामीझाँक्रिको उपचार ।
आजको समयमा पनि बिरामीलाई धामीझाँक्रिको लगेर उपचार गराउनु भनेको कत्तिको अन्धविश्वासको कुरा हो । यो त सजिलै पत्याउन अनुमान गर्न सकिने कुरा हो ।
कोपिलालाई आज निको हुन्छ भोली निको हुन्छ पर्सित पक्कै निको हुन्छ भन्दै धामीले जे जे भन्दै गए कोपिलाको परिवारले र आफन्तहरुले त्यही त्यही गर्दै गए । जस्को नतिजा हो कोपीला निको हुनुको साटो झनै थला पर्दै गईरहीन् । धामीझाँक्रिको भनाईमा विश्वास गर्दा उनी यसरी थला पर्दै गईन् कि अहिले उनको न हात चल्छ न त खुट्टा नै ।
हिजो आज कोपिलालाई वरबाट पर सार्नपनि अर्कैले बोक्नु पर्छ । शरीरका सबै अंग चल्छन् । तर चल्नु पर्नेहात खुट्टा नै नचलिदिएपछि उनलाई आफ्नो दैनिकी काम गर्न पनि निकै नै गाह्रो भईरहेको छ । यस्तो अवस्थामा पनि हाँसेर बोल्ने गर्छिन् उनी । आफ्ना दुःखका कुरालाई झिजो नमानी बताउने गर्छिन् उनी ।
वास्तवमै कोपिलालाई कसरी यो रोग लाग्यो ? लागेपछि किन अस्पताल नगएर धामीझाँक्रिको भरमा १२ वर्षदेखि विश्वास गरि बसिरहिन् ? धामीझाँक्रिलाई विश्वास गर्दा उनलाई कस्तो भयो ? यी कुरा सुन्नलाई तलको भिडियोमा क्लिक गर्नुहोला । भिडियोसहित