नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाडौं, २४ पुष । प्रधानमन्त्रीले केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने प्रतिवद्धता जनाउनु भएको छ ।

सुदूरपश्चिमको धनगढीमा आफू निकट कार्यकर्ताहरुलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले आफ्नो भूमि सुरक्षित राखेर भारतसँगको सम्बन्ध सुधार गर्ने बताउनुभयो ।

उहाँले भारतले अतिक्रमणका गरेका कालापानी लगायतका भूमि नेपालको भएको स्पष्ट पार्दै ५८ वर्षसम्म प्रयोग गर्न नपाएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको मिचिएका भूमिहरु फिर्ता गर्न आफ्नो सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले भारतसँग वार्ताका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली प्रस्थान गर्ने जानकारी पनि दिनुभयो ।

माघ एक गतेका लागि नेपाल–भारतको परराष्ट्रमन्त्री स्तयरी बैठक हुने तयारी समेत रहेको छ । सो बैठकमा नेपालले आफ्नो भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफलको तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार