पूर्व युवराज पारसले परिवारसंग यसरी सुधार्दैछन् सम्बन्ध, हिमानीले दिइन् माफी ?

काठमाडौ । मुलुकमा गणतन्त्र आएपछि पनि पूर्वराजपरिवारका बारेमा चासो राख्ने धेरै नेपाली छन् । पूर्वराजाको परिवारका सदस्यले के गर्दैछन् भन्ने कुरा समाचार बन्ने गर्छन । पूर्व राजपरिवारमा सबैभन्दा धेरै समाचारमा छाउने पूर्व युवराज पारस शाह हुन् । उनी नकारात्मक समाचारमा धेरै छाउँछन् । सामाजिक काममा सकृय पूर्व युवराज्ञी हिमानी शाह पनि समाचारमा आउने गर्छिन ।

धेरै वर्ष थाइल्याण्डमा बसेका पूर्वयुवराज पारस अहिले विगत केही वर्ष देखि नेपालमा छन् । थाइल्याण्ड युवतीको प्रेममा परेको खबर पछि उनको परिवारका सदस्यसंग सम्बन्ध चिसिएको भनिएको थियो । उनी आफ्नी श्रीमती हिमानी र छोराछोरीलाई समेत बेवास्ता गरेर बैंककमा बसेको बताइएको थियो । तर २०७१को अन्त्यतिर नेपाल फर्किए पछि पनि उनी परिवारका साथमा बसेका छैनन् ।

धेरै जसो पोखरामै देखिने उनी सामाजिक काममा पनि लाग्न थालेका छन् । लकडाउनको समयमा केही विपन्नहरुलाई सहयोगमा सकृय भएको देखिएको थियो । नेपाल फर्किए पछि आक्कलझुक्कल छोराछोरी र बहिनीहरुलाई भेटे पनि अन्य पारिवारिक सदस्यहरुसँगको भेट गर्न नदिइएको भनिएको थियो ।तर, पछिल्लो वर्ष पारसको पारिवारिक सम्बन्ध राम्रो रहेको देखिन्छ ।
छोरा हृदयेन्द्रको व्रतबन्धमा हिमानीसँगै देखिएका पारस रेष्टुरेन्टमा हुने पारिवारिक भोजमा बुवा ज्ञानेन्द्र, आमा कोमलसहितका पारिवारिक सदस्यसँगै हुने गरेका छन् ।

यही पेरिफेरिमा पूर्वयुवराज पारस र उनका छोरा हृदयेन्द्रको एउटा तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जुन तस्विरमा हृदयेन्द्रले आफ्ना पिता पारस केही खुवाइरहेका छन् । ढाका टोपीमा सजिएका दुवै हँसिलो मुद्रामा देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार