प्रधानमन्त्रीको कार्यक्रमका लागि कार्यकर्ता बोक्न गाउँ गएको ४ वटा बस यसकारण रित्तै फर्किए

काठमाडौ । चुनावी माहौल बनाउन भन्दै देश दौडाहाका क्रममा शुक्रवार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी गराउन कार्यकर्ता ओसार्न गाउँ पुगेका बस रित्तै फर्किएका छन् । कार्यक्रममा सहभागी हुने कार्यकर्ता नपाएपछि ४ वटा बस सित्तै फर्किएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार धनगढीमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसका लागि उनी धनगढी पुगिसकेका छन्।

तर उनको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन्। जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन्।

नेकपा सुदूरपश्चिमले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको थियो। प्रतिनिधि सभाको विघटनपछि धनगढी पुगेका ओलीले धनगढीको खुलामञ्चबाट केहीबेरमा सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओली धनवढी पुगेका कारण सुरक्षा ब्यवस्था कडा पारिएको छ । धनगढीको विमानस्थलमा सेना परिचालन गरिएको छ । आवत जावत गर्ने यात्रुहरुको चेक जाँचमा पनि कडाई गरिएको छ । प्रधानमन्त्री केपी ओलीले धनगढीमा आयोजित पार्टी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बिभाजन पछि पहिलोपटक बालुवाटारबाट निस्किएका छन् । उनको यो पहिलो भ्रमण भने सुदुरपश्चिम लक्षित छ । तस्बिर दिनेश खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार