नेपाल कोरोना महामारीबाट बाहिर निस्कियो, सार्कमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो राष्ट्र बन्दै

काठमाडौं, २४ पुष । नेपाल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप कोरोना महामारीको कहालीबाट बाहिर निस्किएको छ ।पछिल्लो समय खुला गतिविधिहरु निर्वाध भइरहे पनि सार्वजनिक भइरहेको कोरोना संक्रमणको विवरणमा संक्रमितको संख्या घट्दो क्रममा रहदा मृत्यु हुनेको संख्या पनि उल्लेख्यरुपमा कमी आएको छ ।

सार्क मुलुकमा नै कोरोना भाइरस संक्रमितको संख्या कम हुनेमा नेपाल अग्रस्थानमा देखिएको छ । शुक्रबारको तथ्यांक अनुसार नेपालमा ५ हजार २१ जना सक्रिय संक्रमित छन् । जुन संख्या सार्क राष्ट्रमा नै सबैभन्दा कम हो ।

आमसर्वसाधारणमा पीसीआर परीक्षण कम भएका कारण कोरोना संक्रमित न्यून देखिएको भम्र भएको भन्दै इपिडिमीयोलोजी तथा रोग नियन्त्रण माहाशाखाले पछिल्लो समय वास्तबिकतामै कोरोना संक्रमित नै घट्दै गएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्याङ्क अनुसार नेपालमा ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ६३ हजार १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ५७ हजार २ सय २९ जना अर्थात ९७ दशमलव ४ प्रतिशत संक्रमण मुक्त भइसकेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमित मध्ये १ दशमलव ९ प्रतिशत सक्रिय संक्रमित छन् । जुन संख्या सार्क राष्ट्र मध्ये सबैभन्दा कम हो ।

सार्कदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित यत्तिबेला भुटानमा छन् । जहाँ कुल संक्रमित मध्ये ३८.३ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान १८.८, श्रीलंकामा १५.९, अफगानिस्थानमा १५.८, बंगलादेश ९.३, माल्दिसमा ४.६ र भारतमा २.२ प्रतिशत सक्रिय संक्रमित छन् ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अनुसन्धानमा नेपालमा धेरैलाई भाइरस संक्रमण भएर थाहै नपाइ निको भैसकेको देखिएको छ ।

असोजमा गरिएको सेरोप्रिभ्यालेन्सले झन्डै १५ प्रतिशतमा एन्टिवडी बनिसकेको भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

१२ प्रतिशत भन्दा कम सक्रिय संक्रमित हुनुलाई विश्व स्वास्थ्य संगठनले महामारीको जोखिम मान्दैन यो हिसाबले नेपाल महामारीबाट बाहिर निस्किसकेको छ ।

यही हिसाबले संक्रमण घट्दै गए सार्क मुलुक मध्ये नेपाल कोरोना संक्रमण नियन्त्रण गर्ने पहिलो मुलुक बन्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार