काठमाडौँ । बरिष्ठ गीतकार भैरवनाथ रिमालको ८४ वर्षको उमेरमा निधन भएको छ । १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’लगायतका चर्चित गीतका लेखक रिमाल कम समयमा पनि गज्जबसँग राम्रा र कालजयी सिर्जना गर्न सक्ने कवि तथा गीतकारका रुपमा आफ्नो परिचय बनाएका ब्यक्तित्व हुन् ।
उर्जाशील गीतकारको रुपमा चिनिएका रिमालको निधनसँग नेपाली साहित्य आकाश फेरी एक पटक गहिरो शोकमा डुबेको छ ।