कृष्ण कंडेलसंगको विबादपछि टिका सानुले खोलिन आफ्नै युट्व च्यानल, पहिलो पाहुना आफ्नो गुरुलाई दिएको सम्मान देखेर सबैको आँखा रसाए

काठमाण्डौ । लोक गायिका टिका सानुले आफ्नो गुरु खिम विश्वकर्मालाई दिएको सम्मान देखेर सबैको आँखा रसाएको छ । उनले आफ्नो गुरुलाई गरेको माया, आदर र सम्मानले सबै गुरुहरुको शिर उच्च भएको छ । उनको यो कदमको सबै सोशल मिडिया युजरसले तारिफ गरेका छन् । उनका फ्यानहरुले उनलाई धेरै नै सकारात्मक प्रतिकृया दिएका छन् ।

आफ्नै युट्व च्यानल खोलेकी छिन् । कृष्ण कंडेलसंगको विबादपछि उनले आफ्नै युट्व च्यानल खोलेकी हुन् । लोक गायिका टिका सानुले आफ्नो च्यानलमा आफ्ना गुरु खिम विश्वकर्मालाई राखेकी छिन् । सबैलाई थाहा भएकै कुरा हो । कृष्ण कंडेलसंगको विबादमा तानिएपछि टिकाले आफ्नो गुरु खिम विश्वकर्मालाई भेट्न उनी भएकै ठाउँमा गएकी थिईन् । त्याहाँ उनले आफ्नो गुरुसंग गरेको कुराकानीले उनका फ्यानहरुको मन जीतेको थियो ।

तिनै आफ्ना गुरुलाई उनले अहिले आफुले खोलेको युट्युव च्यनलमा राखेर गुरुसंग दोहोरी गाएकी छन् । गुरु र चेलीले गएको दोहोरीले सबैलाई रुवाएको छ । उनका गुरु खिम पनि दोहोरी गाउँदा गाउँदै निकै नै भावुक बने । उनले आफु आफ्नो चेली टिकाप्रति निकै नै कृतज्ञ भएको पनि बताए । वास्तवमै यो समयमा आफ्नाले आफ्ना त बिर्सन्छन् भने टिकाले आफुलाई यो लेबलमा आईपुग्नकोलागी सहयोग गर्ने आफ्नो गुरुलाई गरेको सम्मान र सहयोग साँच्चै नै शब्दमा बयान गर्दापनि कमी नै हुन्छु । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार