विराटनगर । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृ,त्यु भएको छ। झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृ,त फेला परेका हुन्।
बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा.लि. को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृ,त अवस्था फेला परेका हुन् ।
गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृ,त अवस्थामा थिए गाडीका स्टाफ प्रशन्न प्रसाँईले भने त्यसपछि प्रहरीलाई बोलाएका थियौं।
प्रहरीले झापाको केर्सामा रहेका उनका आफन्तलाई उनकै मोवायलमा रहेको फोन नम्बरका आधारमा स’म्पर्क गरेर बोला एको छ । सीटमै मृ’त अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु भएको प्रसाँईले बताउनुभयो ।
समस्या छ भनेर एक सय रुपैँया भाडा दिने गरेका थिए तर बारम्बार आउजाउ गरिरहन्थे, प्रसाँईले भन्नुभयो–त्यस्तो खराब खालको बानि थिएन । प्रहरीले घ’टनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
उनी मृ’गौला रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक कुन्दन देवले बताउनुभयो ।
प्रहरीले मृ,तकको साथमा रहेको मोवायल सहित अन्य सामाग्रीबाट प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।