काठमाडौं, २६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकको क्रममा रोष्टममै थुकेपछि सामाजिक संजालमा आलोचना छाएको छ । शुक्रबार दिउँसो राष्ट्रियसभको बैठकमा सम्बोधन गर्दै गर्दा रोष्टममै प्रधानमन्त्री ओलीले थुक्नु भएको थियो ।
प्रधानमन्त्री ओलीले थुक्नु भएको भिडियोबारे सामाजिक संजालमा टिकाटिप्पणी भइरहेकाे छ । उहाँकाे भिडियाेकाे टिकटक समेत बनाइएको छ । प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र सम्बन्ध र छिमेकी मुलुकको परराष्ट्र सम्बन्धका बिषयमा चर्चा गर्दै गर्दा थुक्नु भएको थियो ।
जनवारी १४ तारिखमा माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने र नेपालले छापेको आफ्नो भू-भाग समेतका विभिन्न बिषयमा छलफल गर्ने जानकारी दिने क्रममा रोष्टममा थुक्नु भएको थियो ।