काठमाण्डौ – नेपाली गित संगीतमा एक पछी अर्को सृजना थप्दै गएका सर्जक प्रल्हाद सुबेदीको एक अर्को सृजना ‘आफ्नै नाम मन पर्यो’ बोलको गित बजारमा आएको छ ।
फरक शैली र समय सान्दर्भिक गित संगीत सृजना गर्न माहिर सुबेदीका हरेक सृजना उत्तिकै लोकप्रिय रहेका छन् । प्रल्हाद सुवेदीको शब्द सृजना तथा बशन्त थापाको संगीत रहेको गीतमा लोकप्रिय गायक कुलेन्द्र बिक र लक्ष्मी आचार्यको आवाज रहेको छ । लक्ष्मी आचार्यका एक पछी अर्को सृजना बजारमा आईरहेका छन् ।
गीतको म्युजिक भिडियो शिब बिकले निर्देशन गरेको म्युजिक भिडियो छायांकन सौरभ लामाको रहेको छ भने गीतको म्युजिक भिडियो तारा थापाले सम्पादन तथा श्याम कुवरले कलारिंग गरेका हुन् ।
महानायक राजेश हमाल र निता ढुंगानाको अभिनय रहको म्युजिक भिडियो सर्जक बशन्त थापाको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । हेर्नुहोस भिडियो :