धन कमाइ परिवारलाई सधै खुशी बनाउने सपना बोकेर जापान पुगेका नेपाली पूर्ण खत्रीको मृ’त्यु, परिवारमा रुवाबासी

जापान-जापानमा एक नेपालीको मृ’त्यु भएको छ। बाग्लुङको गल्कोट नगरपालिका वडा नं ४ खरुवाका ३८ वर्षीय पूर्ण खत्रीको जापानमा मृ’त्यु भएको हो ।

३ बर्ष अघि जापान गएका उनको ब्रेन हेमरेजका कारण  मृ त्यु भएको बताइएको छ । उनको जापान स्थित फुजी नोउकेन हस्पिटलमा उपचारको क्रममा शुक्रवार बेलुकी मृ त्यु भएको बताइएको छ ।

मृतक खत्रीका नेपालमा ३ छोरी र १ छोरा रहेका छन्। उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेको बताइएको छ ।

उनी हाल जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा काम गर्दै आएका थिए।

उनको अन्तिम सँस्कार जापानमै गरिने भएको छ। गल्कोट स्थायी घर भई हाल जापानमा रहेका गल्कोटे हरुले उनको अन्तिम संस्कार आईतबार दिउँसो  जापानमै गर्न लागिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार