नेपाली अभिनेत्री पुजा शर्मा बेलाबेलामा चर्चामा अाइरहन्छिन्। कहिले झ गडा त कहले पारिश्रमिकका कारण उनको चर्चा हुने गर्छ । उनले लिएको पारिश्रमिकलाई मान्ने हो भने उनि नेपालकी सर्वाधिक महंगी अभिनेत्री भनेर पनि चिनिन्छिन् ।

केहि पहिला उनले चलचित्र पोइ पर्यो कालेमा २० लाख रकम लिएर अनुबन्धित भएको बिषयले पनि निकै चर्चा पायो। उनि केहि समय अघि अर्कि नायिका सुष्मा कार्कीसँगको बिवादका कारण चर्चामा थिइन् । भने पछिल्लो सयम एक अन्तर्वातामा नेपालका जिल्ला र प्रदेशको संख्या बताउन नसकेपछि ट्रोलको शि कार बनिन् ।

उनले चलचित्र अझैपनि, चंखे शखे पंखे, प्रेम गीत, मधुमास, म यस्तो गीत गाउँछु र रामकहानीमा काम गरिसकेकी छिन् । पुजाका अहिलेसम्मका चलचित्र हेर्ने हो भने व्लकवस्टर चलचित्रको एउटा मात्रै हो भन्न सकिन्छ, प्रेमगीत । त्यस बाहेक अझैपनि, चंखे शखे पंखे, मधुमास सफल हुन सकेनन्। रामकहानी, म यस्तो गीत गाउँछुले ठिकठाकै नतिजा निकालेको थियो । भने पोइ पर्यो कालेले राम्रै चर्चा बटुल्न सफल भयो ।

उनको अब म यस्तो गीत गाउँछु २ प्रदर्शनको तयारीमा छ तर कोरोनाका कारण अनिश्चित बनेको छ । पुजा सामाजिक संजालमा पनि निकै सक्रिय छिन् । पछिल्लो समय उनले कुकुरसँग रमाएक तस्बिर शेयर गर उनले बिभिन्न सुन्दर तस्बिर शेयर गरेर फ्यानसँग जोडिरहेकी हुन्छिन् ।


